काठमाडौँ । आज देशका केहीँ भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जानकारी दिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका पहाडी एक दुई क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्न सक्छ । यी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै महाशाखाका अनुसार कोशी र बागमतीका पनि पहाडी एकरदुई ठाउँ हल्का वर्षाको सम्भावना छ । काठमाण्डौ उपत्यकामा पनि आज दिउँसोपख छिटपुट वर्षाको सम्भावना रहेको मौसमविद् डेभिड ढकालले बताएका छन । मधेस प्रदेशको थोरै ठाउँमा आज हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ । तराईरमधेसका क्षेत्रमा गर्मी बढेको छ ।