Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारतीय सेनामा कार्यरत झण्डै ४० हजार नेपाली युद्धका निम्ति तयारी अवस्थामा

भारतीय सेनामा कार्यरत झण्डै ४० हजार नेपाली युद्धका निम्ति तयारी अवस्थामा

काठमाडौँ । बषौँ देखि दुश्मन रहेका भारत र पाकिस्तान बिचमा युद्ध सुरु भएको छ । १५ दिनअघि कश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणको प्रतिकारमा भारतले ‘अपरेसन सिन्दूर’ सञ्चालन गर्दै औपचारिक रुपमै युद्ध सुरु भएको संकेत दिएको हो । युद्धका लागि दुबै देशले आ आफना हतियार र सेनालाई परिचालन गर्न तम्तयार देखिएका छन । भारतीय सेनामा कार्यरत झण्डै ४० हजार नेपाली युद्धका निम्ति तयारी अवस्थामा रहेका छन् । भारत र पाकिस्तानबीच युद्ध शुरू भएपछि भारतीय सेनाको गोर्खा रेजिमेन्टमा रहेका सैनिकहरूलाई पनि उच्च सतर्क अवस्थामा राखिएको छ ।

भारतमा ७ वटा गोर्खा रेजिमेन्ट र ३९ वटा बटालियनमा ३२ हजारभन्दा बढी नेपाली कार्यरत छन् । त्यस्तै, अन्य रेजिमेन्टमा पनि नेपालीहरु कार्यरत रहेकाले भारतीय सेनामा समावेश नेपालीको कुल संख्या ४० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ । भारत सहित विश्वका अन्य देशमा पनि नेपालीहरु सेनामा कार्यरत रहेका छन । नेपालीहरुलाई भारतले बहादुरीको रुपमा हेर्ने गर्छ जसले गर्दा गोर्खा रेजिमेन्टलाई भारतको भरपर्दो सैन्यशक्तिका रूपमा हेरिने गरिएको छ । भारत र पाकिस्तान बिचमा युद्ध सुरु भएसँगै त्यसको असर नेपालमा पनि पर्ने छ । जसले गर्दा नेपालले अहिले बाट नै सुरक्षा सर्तकता बढाउँदै लगेको छ । सीमा नाकामा कडाइ गर्नुका साथै विमानस्थलहरुमा पनि सुरक्षा बढाइएको गृहमन्त्रालयले जनाएको छ । भारतको अर्धसैनिक बलमा समेत उल्लेख्य संख्यामा नेपालीहरूको उपस्थिति रहेको हुँदा उनीहरूलाई पनि सतर्क अवस्थामा राखिएको बुझिएको छ ।

सन् २०४७ अघिदेखि नै भारतीय सेनाको हैसियतमा नेपाली नागरिकहरूले विभिन्न युद्धहरूमा अग्रपंक्तिमा रहेर लड्दै आएका छन् । यसपटक पनि गोर्खा रेजिमेन्टका नेपाली सैनिकहरूलाई तयारी अवस्थामा राखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विशेषगरी स्थल सेनामा बढी संख्यामा रहेका नेपाली सैनिकहरूलाई यसपटकको तनावमा सीधा संलग्न नगराइएको भए पनि लडाइँका बेला सेनाका सबै तहलाई तयारी अवस्थामा राख्ने रणनीति अनुसार उनीहरूलाई पनि सक्रिय राखिएको छ । भारत र पाकिस्तान आफैमा पनि निकै शक्तिशाली देशहरु हुन । यी देशहरु सेना र हतियारले आफैमा भरिपुर्ण हरेका छन ।

भारत र पाकिस्तानको लडाई सुरु भएसँगै सीमावर्ती क्षेत्रमा रहेका नागरिकहरू अहिले त्रासमा रहेका छन । पाकिस्तान र भारत का केही गाउँबाट अहिले हजारौं नागरिक विस्थापित भएका छन् । स्वास्थ्य सेवा देखि खाद्यान्न आपूर्ति सम्म समस्या पदैँ गएको छ भने शिक्षण संस्था बन्द गरिएका छन् ।