Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भारत र पाकिस्तानको युद्ध चर्कियो,सेना र हतियारमा कुन देश शक्तिशाली ?

भारत र पाकिस्तानको युद्ध चर्कियो,सेना र हतियारमा कुन देश शक्तिशाली ?

काठमाडौँ । भारत र पाकिस्तान बिचमा युद्ध थप चर्किएको छ । भारतले अहिले पनि पाकिस्तान माथि आक्रमण गरेको बताइएको छ । भारतले गएराति आक्रमण गरेपछि थप युद्ध हुनसक्ने संकेत देखिएको हो । पाकिस्तानले पनि भारतलाई कडा रुपमा चेतावनी दिइसकेको छ,यसले पुर्णरुपमा युद्ध हुनसक्ने अनुमान हुन थालेको छ । युद्धको खतरा बढिरहँदा यी दुई देशको सैन्य शक्तिको पनि तुलना गर्न थालिएको छ । २ देश नै आणविक शक्ति सम्पन्न हुन्, जसले गर्दा यदि युद्ध भइहालेमा त्यसले निकै डरलाग्दो अवस्था निम्त्याउन सक्छ ।

दुई देशको समग्र सैन्य शक्तिको तुलना गर्दा भने भारत बलियो देखिन्छ । ग्लोबल फायर पावर इन्डेक्स २०२५ का अनुसार भारत विश्वको चौथो शक्तिशाली सैन्य शक्ति हो भने पाकिस्तान १२ औँ स्थानमा छ । भारतीय सेनामा लगभग २२ लाख कर्मचारी, ४ हजार २०१ ट्याङ्क, लगभग १.५ लाख बख्तरबंद सवारी साधन, १०० स्वचालित तोपखाना र ३ हजार ९७५ टोइड तोपखाना छन् । यसबाहेक, बहु ब्यारेल रकेट आर्टिलरीहरूको संख्या २६४ छ । भारतीय वायुसेनामा ३ लाख १० हजार वायुसेना र ५१३ लडाकु विमान र २७० परिवहन विमान सहित कुल २ हजार २२९ विमान छन् । कुल विमानहरूमा १३० आक्रमणकारी, ३५१ प्रशिक्षण विमान र छ वटा ट्याङ्कर फ्लीट विमानहरू समावेश छन् । भारतीय सेनाका तीनवटै शाखासँग कुल ८९९ हेलिकप्टर छन्, जसमध्ये ८० वटा आक्रमणकारी हेलिकप्टर छन् । भारतीय सेनासँग ३११ विमानस्थल, ५६ बन्दरगाह र ६३ लाख किलोमिटर सडक र ६५ हजार किलोमिटर रेलवे कभरेज छ ।

ग्लोबल फायर पावरका अनुसार पाकिस्तानी सेनामा लगभग १३।११ लाख सैन्य कर्मचारी, १।२४ लाख नौसेना कर्मचारी र ७८ हजार वायुसेना कर्मचारी रहेका छन । पाकिस्तानसँग ३२८ लडाकु विमान, ९० आक्रमण प्रकार, ६४ यातायात विमान, ५६५ प्रशिक्षक, ४ ट्याङ्कर फ्लीट र ५७ आक्रमण हेलिकप्टर सहित ३७३ हेलिकप्टरसहित कुल १,३९९ विमानहरू छन् । पाकिस्तानसँग केवल तीन बन्दरगाह, ११६ विमानस्थल र ६० व्यापारिक समुद्री जहाजहरू छन् । भारतसँग १७२ आणविक हतियार छन् भने पाकिस्तानसँग १७० आणविक हतियार छन् । यद्यपि, दुवै देशसँग कति आणविक हतियार तैनाथ छन् भन्ने कुरा स्पष्ट छैन । भारतको ध्यान लामो दूरीका हतियारहरू तैनाथ गर्ने कुरामा छ । यसको अर्थ चीनलाई पनि लक्षित गर्न सक्ने हतियारहरू हुन् ।

भारत र पाकिस्तानको छिमेकी र विश्वको तेस्रो ठूलो आणविक शक्ति राष्ट्र चीनमा आणविक हतियारको संख्या २२ प्रतिशतले बढेको छ, जुन ४१० वारहेडबाट ५०० पुगेको छ।