Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

जन्मदिनमा रेसुङ्गा पौवाका एसिस्टेन्ट पराजुलीद्धारा फुटबल सहयोग

जन्मदिनमा रेसुङ्गा पौवाका एसिस्टेन्ट पराजुलीद्धारा फुटबल सहयोग

गुल्मी । जन्मदिन सबैको प्रिय हुन्छ र विशेष अवसरले जीवनमा महत्त्व पनि राख्छ । यो अवसर भनेको हामी जन्मदिनको बर्षदिन पूरा भएर नयाँ बसन्तको थालनीको प्रतीक हो । यस्तो महत्त्वपूर्ण दिनमा मानिसहरु आ–आफ्नो तरिकाले जन्मदिन मनाउँछने गर्छन । कोहीँ चाहिँ ठुल्ठुला होटल त कोहीँ रेस्टुरेन्टमा पुगेर जन्मदिनको अवसरमा खर्चिलो र भड्किलो तरिकाले मनाउँछन त कोहीँ चाहिँ आफ्नो जन्मदिनमा अरुलाई सहयोग गरेर त्यो दिनलाई अझ खास बनाउँछन र समाजमा उदाहरण प्रस्तुत गर्छन । त्यसै मानिसहरु मध्ये एक पर्छन गुल्मीको मालिका गाउँपालिका वडा नं ६ अर्जै घर भएका सन्देश पराजुली उनले आफ्नो जन्मदिनमा आफुले सक्ने सहयोग गरेर खुसी साट्ने प्रयास गरेका छन् ।

पराजुलीले नवयुग युवा क्लबका खेलाडीका लागि फुटबल सौजन्य गरेका हुन । उनले आज एक कार्यक्रममा बिचमा जन्मदिन मनाउँदै खेलाडीहरुलाई फुटबल सौजन्य गरेका हुन । दुर्गम गाउँमा फुटबल खेल्ने इच्छा हुँदा पनि खेल्न नपाएका र फुटबल मै भविष्य देख्नेहरुलाई उनले निरन्तर सहयोग गर्दै आएका छन् । उनीपनि पोचुर्गलका विश्व चर्चित खेलाडी रोनाल्डोको ठुलो फ्यान रहेको बताउँदै आएका छन । पछिल्लो समयमा अर्जैँमा हुने खेलकुद तथा सांस्कृतिक कार्यक्रम उनकै जोडबलमा हुने गरेको छ । विगतका वर्षहरुमा उनले एक्लै फुटबल एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न गर्नेदेखि एक्लैले फुटबल मैदान बनाउने प्रयास गरेका छन् ।

आफुले खेल्ने चाहाना हुँदाहुँदै पूरा हुन नसकेको छ उक्त चाहाना आफ्नै ठाउँका खेलाडीहरुले पूरा गर्ने चाहाना उनले व्यक्त गरेका छन्। विगत ५ बर्षबढीबाट होटल पौवाका कुशल व्यवस्थापक रहेका पराजुलीले होटल पौवा बुटवल,पाल्पा र रेसुङ्गामा काम गरिसकेका छन् ।उनले समाजमा हुने विभिन्न सामाजिक कार्यहरूमा समेत अग्रसरता देखाउँदै आएका छन् ।उनले विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री प्रदान गर्नेदेखि विभिन्न बिरामीहरुलाई सहयोग उपलब्ध गराउँदै आएका छन् ।