काठमाडौँ । सुर्खेतको भेरीगंगामा मृत भेटिएकी प्रेमा वलीको आफ्नै श्रीमानले परस्त्री संग लागेर हत्या गरेकोको पुष्टि भएको छ । गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीय वली आइतबार भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलाका मृत भेटिएकी थिइन् । हत्या गर्ने उनकै श्रीमान् २९ वर्षीय दर्शन खत्री रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए । प्रहरीका अनुसार उनले प्रेमाको हत्या आफैंले गरेको प्रहरीसमक्ष बयान दिएका छन् । दर्शन र प्रेमाबिच ७ वर्षअघि मात्रै प्रेम विवाह भएको थियो ।
विवाहको दुई वर्षपछि छोरी जन्मिइन् । लगत्तै दर्शनले नेपाली सेनामा नाम निकालेका थिए । हाल उनी काभ्रेको वीरदल गणमा कार्यरत छन् ।सेनामा कार्यरत दर्शनले अन्य महिलासँग हिमचिम बढाए पछि प्रेमाले थाह पाईन । यता दर्शनले गल्ती नदोहो¥याउने भन्दै प्रेमा संग माफी मागे । श्रीमानले माफी मागेपछि छोरीका लागी भउ पनि प्रेमाले माफी दिएकी थिईन । तर, बिडम्बना दर्शनले प्रेमाको नै हत्या गरे ।
प्रेमा छोरीसहित माइतीघर बस्दै आएकी थिइन् । दर्शन बिदा लिएर शनिबार साँझ मात्रै छिन्चु पुगेका थिए । पे्रमालाई बजारसम्म लिन आउन पनि भने । प्रेमाले छोरीलाई घरमा छोडेर श्रीमानले साथीसँग सामान पठाएको र लिन छिन्चु जान लागेको माइतीलाई जानकारी गराएकी थिइन् । झिंगेनारा जङ्गलमा शनिबार बेलुका ७ बजेसम्म उनीहरूबीच झगडा भए पछि दर्शनले रिसको आवेगमा आएर ढुङ्गाले प्रेमाको टाउकोमा प्रहार गरेको र त्यसपछि सलले गलामा कसेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । पछिल्लो समय हत्याका श्रृङखला बढ्न थालेका छन् । सामान्य वादविवादमा उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ ।
अहिले असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशीलता मर्ने र मार्नेसम्म पुगेको छ, समाजिक बनावट , अविश्वास, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि यस्ता घटना बढेका छन् । पछिल्लो समय हत्या हिंंसाका घटनामा समेटत बृद्धि भएको छ। पछिल्लो समय जघन्य प्रकृतिको अपराध कर्तव्य ज्यानका घटना महिनापिच्छे हुने गरेको छ । माािनहरुको उत्तेजक प्रबृतिका कारण मानवियता क्रमश हराउँदै गएको अवस्था छ । आर्थिक अभाव र उच्च महत्वाकाङ्क्षालगायतका कारणले मानिसहरू विस्तारै क्रुर हुँदै गएका छन ्। समाजमा अपराधका घटना कम गर्न सबैभन्दा महत्वपूर्ण कुरा नैतिक शिक्षा हो । जघन्य अपराधका घटना नियन्त्रणका विषयमा नैतिक शिक्षा फैलाउनुपर्ने र युवाहरूका लागि अवसर र रोजगारी सिर्जनामा ध्यान दिनु पर्ने धेरैको धारणा छ । नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्नेलगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भइरहेको भए पनि पछिल्लो समयमा समाजमा आपराधिक घटनाहरू बढिरहेका छन् । त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतीको विषय बनेको छ ।