Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रातिदेखि पूर्वी तराईका विभिन्न ठाउँमा वर्षा,आज दिउँसो अन्य ठाउँमा वर्षा हुने सम्भावना

रातिदेखि पूर्वी तराईका विभिन्न ठाउँमा वर्षा,आज दिउँसो अन्य ठाउँमा वर्षा हुने सम्भावना

काठमाडौँ । रातिदेखि पूर्वी तराईका विभिन्न ठाउँमा पानी परेको छ । मोरङ, सप्तरी, सिरहा, उदयपुर, धनुषा, सर्लाही, बारा, सिन्धुलीलगायतका ठाउँमा मेघगर्जन र चट्याङसहित पानी परेको हो ।

दिउँसोपख काठमाण्डौ उपत्यकासहित देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

पश्चिमी र स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावका कारण केही दिनदेखि देशैभर पानी पार्ने प्रणाली सक्रिय भएको हो ।

प्रि–मनसुनको समय पनि भएकाले अझै केही दिन देशभर चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।