Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरिया जान पाउँ भन्दै कार्यालयमा धर्ना दिने युवाहरु माथि प्रहरीको लाठीचार्ज

कोरिया जान पाउँ भन्दै कार्यालयमा धर्ना दिने युवाहरु माथि प्रहरीको लाठीचार्ज

काठमाडौँ । ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले कुटपिट गर्नुका साथै लाठीचार्ज गरेको छ । कोरिया जान पाउनु पर्ने भन्दै माग राखेर केही युवाहरु ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा पुगेका थिए । उनीहरुले उक्त स्थानमा पुगेर धर्ना दिएको तर प्रहरीले भने लाठीचार्ज गरेको हो । सोही क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेको बताइएको छ । धर्नामा बसेका युवाको फोटो खिच्न पुगेका पत्रकाहरूलाई समेत फोटो नखिच्न भन्दै नमानेमा नियन्त्रणमा लिने धम्की प्रहरीलेबाट आएको पत्रकारहरूले बताएका छन ।

भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि कोरिया जान नपाएपछि सरकारलाई दबाब दिन तीन दिनदेखि धर्नामा बसेको युवाहरुको भनाई छ । भाषा परीक्षा पास गरेको १८ महिना बितिसक्दा पनि आफूहरू कोरिया जान नपाएको भन्दै उनीहरूले तीन दिनदेखि ईपीएस कोरिया शाखा कार्यालय अगाडि धर्ना दिएका हुन् । धर्नामा बसेका युवाका अनुसार

भाषा परीक्षा पास गरेर बसेको १८ महिना बितिसकेको र जान नपाएको त्यस्तै रोस्टर अवधि २ वर्षको हुने र बाँकी रहेको समयमा जान नपाए भविष्य नै अन्धकार हुने युवाहरुको भनाई छ । कोरियामा पानीजहाज बनाउने कामका लागि भाषा परीक्षा उत्तीर्ण गरेर बसेकाहरू मध्ये करिब ४ सय जना मात्रै कोरिया गएका छन् ।

झन्डै ३ हजार भन्दा बढी अझै जान बाँकी रहेको र उनीहरूको रोस्टर अवधि सकिन केही महिनामात्रै बाँकी रहेको जनाइएको छ । सिप बिल्डिङ क्षेत्रमा जान नपाए सेक्टर परिवर्तन गरेर भए पनि कोरिया पठाउनु पर्ने माग आफूहरूको रहेको युवाहरुको भनाई छ । आफूहरूको माग पूरा नभएसम्म ईपीएस कोरिया शाखामा धर्ना जारी राख्ने युवाहरुको भनाई छ । पछिल्लो समयमा देशमा रोजगारी नपाएर बिदेश जाने युवाहरुको जमात निकै ठुलो रहेको छ । दैनिक ३ हजार जनशक्ति विदेश जाने वैदेशिक रोजगार बोर्डको तथ्यांक रहेको छ । देशमा रोजगार छैन बिदेश जान पाउ सरकार भन्दै धर्ना दिनेहरु माथि समेत सरकारले निकै अन्याय गर्ने गरेको छ । यतिबेला धेरै युवाहरुको रोजाईमा कोरिया पर्ने गरेको छ । छोटो समयमा राम्रो आर्थिक आम्दानी गर्न सकिने भएकाले धेरैयुवाहरु कोरिया जान मरिहत्ते गर्ने गरेका छन ।