Shares
Shares
काठमाडौं । नारायण पोखरेल प्रतिष्ठानले नागार्जुन नगरपालिका–७ रामकोटमा धार्मिक पर्यटन प्रवद्र्धनका लागि रु ४० करोड लगानीमा ‘बद्रीनारायणधाम’ निर्माण गरेको छ । बद्रीनारायणधामको उद्घटान गत शनिवार राष्ट्रपति रामचन्द्र पोडेलले गरेका छन् । काठमाडौंमा विशेष अतिथिका रुपमा भारतका बद्रीनारायणधामका अध्यक्ष स्वामी श्री दर्शन भारतीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा वरिष्ठ कथा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल तथा नारायण पोखरेल प्रतिष्ठान बद्रिनारायण प्राण प्रतिष्ठा मूल समारोह समितिका सदस्यहरु एवं भक्तजनहरूको विशेष सहभागितामा सम्पन्न बद्रीनारायण मन्दिरको समुद्घाटन तथा बद्रिनारायण प्राण प्रतिष्ठा शुभारम्भ कार्यक्रम–२०८२ को संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

विशेष उद्घाटन कार्यक्रममा राष्ट्रपति पौडेले भने ‘स्वर्गीय बाचन सिरोमणि पण्डित नारायण पोखरेलले आफ्नो जीवनकालमा धार्मिक तथा साँस्कृतिक सम्पादाको संरक्षणमा गर्नुभएको योगदानको उच्च कदर गरे । उनले आफ्नो जीवन बाचन र मठमन्दिर निर्माणमा जीवन समर्पित गरेको भन्दै उनको नाममा यस हरियाली वातावरणमा नारायणप्रसाद पोखेल प्रतिष्ठानद्वारा स्थापित बद्रीनारायणधामको निर्माण गर्नु अत्यन्त स¥हानिय कार्य भएको उल्लेख गरे ।

त्यसैले राष्ट्रपति पौडेले भने सम्प्रदायभन्दा माथि धर्म र धर्मभन्दा माथि अध्यात्मा हुन्छ यस्तो पवित्र स्थल हामीले काठमाडौंको नजिक सुगम स्थलमा पाएकोमा गौरवान्वित महसुस गरेको उल्लेख गरे । यस पवित्र धार्मिक स्थलबाट नेपालको पर्यटनको विकाससँगै आर्थिक उन्नत्तिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी प्रतिष्ठानका संकल्पकर्ता तथा प्रमुख संरक्षक कथा वाचनप्रविण पण्डित दीनबन्धु पोखरेल ३० प्रतिशत मात्र बद्रीनारायणधामको काम सकिएको र थप कामका लागि नेपाल सरकार र स्थानीय सरकारलाई समेत सहयोगका लागि अपिल गरे । यस धामले नेपालको पर्यटकीय उचाइ बढाउने विश्वास गरेको पनि उनले बताए । यो धाम जनस्तरबाट निर्माण भएको हो जनताको एक एक थोपा यसमा पसिना परेको पण्डित दीनबन्धु पोखरेलले जनाए । त्यसैगरी बद्रीनारायणधाम नेपालको अभियान मात्र नभएर विश्वको अभियान भएको हुँदा सबै भक्तजनलाई कर्ता बनिदिन आग्रह गरे । कर्ता बन्नका लागि १६,१०८ लाग्ने जानकारी कार्यक्रममा दिए । कार्यक्रममा उनले भने बद्रीनारायणधाम भारत जान नसक्नेहरुले अब यही स्थलमा दर्शन गरे हुने बताए ।

विशेष समुद्घाटन कार्यक्रममा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलेलाई विभिन्न झाँकी बाजागाजासहित पञ्चकन्याद्वारा स्वागत गरिएको थियो । वैशाख १९ देखि २७ गतेसम्म हुने कार्यक्रमको पूर्वसन्ध्यामा प्राण प्रतिष्ठाले हजारौं भक्तजनहरुका साथ पदयात्रा र कलशयात्रा सम्पन्न गरेको थियो । नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस फाउण्डेसनद्वारा संयुक्त रूपमा आयोजित पदयात्रामा एक हजारभन्दा बढीको सहभागिता थियो ।
रामकोटमा २२ रोपनी क्षेत्रफलमा निर्माण भएको उक्त धाममा रु सात करोड लगानीमा प्यागोडा र शिखर शैलीमा मन्दिर निर्माण सम्पन्न भइसकेको छभने आध्यात्मिक केन्द्र, साधना केन्द्र, अत्याधुनिक गुरुकुल, भक्तजनलाई बासस्थानको व्यवस्थालगायत संरचना निर्माण भइरहेका छन् ।

चार धाममध्ये विशेष एक धाम रामकोटमा छ भन्ने सन्देश दिनका लागि बद्रीनारायणधाम निर्माण गरिएको प्रतिष्ठानका प्रमुख संरक्षक दिनबन्धु पोखरेलले जानकारी दिए । स्वर्गीय पोखरेलले भौतिक विकास नभएसम्म समुन्नतमूलुक निर्माण हुनसक्दैन भन्ने मान्यता राख्दै आउनुभएको थियो । विसं २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मनुभएका पोखरेलको विसं २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उनी नेपालको पहिलो धार्मिक सहिदसमेत भएका थिए ।
स्व पोखरेललाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो । स्व पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गरेका थिए । पोखरेलको निधन भएसँगै विसं २०६४ असोज २३ मा स्थापना भएको नारायण पोखरेल प्रतिष्ठानले उनको व्यक्तित्व र कृतित्वलाई जीवन्त राख्ने काम गर्दै आएको छ ।

प्रतिष्ठानका संरक्षक एवं अध्यक्ष दिनबन्धु पोखरेलले स्व. नारायण पोखरेललाई जीवन्त राख्नका लागि बृहत् बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको बताए । “नेपालमा ठूलो आध्यात्मिक थलो निर्माण गर्ने प्रतिष्ठानको मुख्य उद्देश्य हो, उक्त उद्देश्य पूरा हुँदै छ”, उनले भने ।
धाममा बद्रीनारायण मन्दिरबाहेक धामको प्रशासनिक भवन, नारायण पोखरेल प्रतिष्ठानको कार्यालय, योग ध्यान केन्द्र, हवन कुण्ड, गणेश, सूर्य, देवी र शिवसहितको पाञ्चायन मन्दिर निर्माण हुने जानकारी प्रतिष्ठानका संरक्षक दीनबन्धु पोखेले बताए ।
त्यसैगरी आगामी कार्यक्रमहरुमा २३ गते स्व. नारायण प्रसाद पोखरेलको स्मृति दिवसको अवसर पारेर श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ । कार्यक्रमको प्रमुख अतिथिका रुपमा सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति रहनेछ । उक्त दिन भौतिक रुपमा उपस्थिति हुन चाहने भक्तजन तथा शुभचिन्तकहरुलाई उस्थितिका लागि अनुरोध गरे भने भौतिक रुपमा उपस्थित हुन नसक्ने भक्तजन तथा शुभचिन्तकहरुलाई प्रविधिको प्रयोग गरेर क्वीआरमार्फत जोडिएर सहयोग गर्न समेत पण्डित दीनबन्धु पोखरेलले अपिल गरे ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209