काठमाडौँ । नाउपाका संरक्षक रहेका रेशम चौधरीलाई फेक पत्रकाटेर पक्राउ गर्न लगाउँने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति प्रदान गरेको छ ।
आज उनलाई जिल्ला अदालत काठमाडौँले शुक्रवार चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ प्रहरीलाई अनुमति दिएको बताइएको छ । उनीविरुद्ध लिखत किर्ते कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता–२०७४ को दफा २७६ ९३० को ‘क’ र ‘ख’ सँग सम्बन्धित कसुरमा अनुसन्धान गरिरहेको छ ।