Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशको पश्चिमी क्षेत्रमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा,देशभर पानी पर्ने

देशको पश्चिमी क्षेत्रमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा,देशभर पानी पर्ने

काठमाडौँ । आजपनि देशको पश्चिमी क्षेत्रमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ । बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव पश्चिमी क्षेत्रका धेरै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिजोजस्तै आज पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने र पहाडी क्षेत्रका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसमविद्को भनाई छ ।

कोशी प्रदेशलगायत अरु प्रदेशका पहाडी भू–भागका केही ठाउँमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै, कोशी , गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एक दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।