काठमाडौँ । आज देखि शुक्रवारसम्म देशका धेरैजसो ठाउँमा मौसम बदली हुने भएको छ । तराई क्षेत्रमा हावाहुरी र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । यो क्रम तीन दिनसम्म नै रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका केही ठाउँमा हिमपातको पनि सम्भावना छ ।
महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी तथा स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ । अहिले कोशी प्रदेशका थोरै ठाउँहरूमा चट्याङसहित हल्का पानी परिरहेको छ ।