Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजबाट मौसम सुधार हुने,देशका केही ठाउँमा वर्षा

आजबाट मौसम सुधार हुने,देशका केही ठाउँमा वर्षा

काठमाडौँ । आज पनि कोशी प्रदेशको एक–दुई ठाउँमा पानी परीरहेको छ । आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती क्षेत्रका थोरै ठाउँ तथा बाँकी भागका एक–दुई ठाउँमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ । मौसमविद् गोविन्द झाका अनुसार आज पनि काठमाण्डौ उपत्यकामा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ । अस्तिदेखि सक्रिय भएको प्रि–मनसुनी प्रणालीको प्रभाव रहेको छ । मौसममा आजदेखि सामान्य सुधार हुने अनुमान छ ।