Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फेरि ट्राफिक प्रहरीले एक युवालाई लखेटी लखेटी कुटेको भिडियो भाइरल

फेरि ट्राफिक प्रहरीले एक युवालाई लखेटी लखेटी कुटेको भिडियो भाइरल

काठमाडौँ । ट्राफिक प्रहरीले एक जना युवालाई लखेटी लखेटी कुटेको फेरि अर्को भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा एक युवक हातमा हेलमेट लिएर कुदिरहेको देखिन्छ भने उनलाई एक ट्राफिक प्रहरीले लेखेटिरहेको देखिन्छ । ती युवकले किन कुटेको भन्दै भागेको सार्वजनिक भएको भिडियोमा देखिन्छ भने लखेट्ने ट्राफिक प्रहरीले किन भागेको भन्दै ती युवकको कठालो समाएर कुटपिट गरेको देखिन्छ ।

त्यस्तै ती युवकलाई ती ट्राफिक प्रहरीले भागेको दिशातिर फर्काउँदै लात्ती बजारेको समेत देखिन्छ ।ट्राफिकलछातीमा समातेर केही युवाको जिम्मा लगाएको देखिन्छ । शुक्रबार बिहानदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको सो भिडियो कहाँको हो भन्ने एकिन भइसकेको छैन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयले भिडियोको बारेमा जानकारी आएको र त्यसबारेमा अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

हिज मात्रै ४ जना ट्राफिक प्रहरी मिलेर एकजना युवालाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियोे ।