काठमाडौँ । आज तराई–मधेशका जिल्लामा अधिक गर्मी हुने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ । सबैजसो प्रदेशको तराई–मधेश क्षेत्रमा उच्च गर्मी हुने सम्भावना रहेकोमा लुम्बिनी प्रदेशका केही जिल्लामा तातो हावाको लहर चल्ने सम्भावना रहेको मौसमविद् सरोज पुडासैनीले जानकारी दिएका छन ।
आज भैरहवाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । हिजो भैरहवाको अधिकतम तापक्रम ४० डिग्री नाघेको थियो ।
यस्तै आज काठमाण्डौ उपत्यकामा पनि गर्मी बढ्ने सम्भावना छ । हिजो काठमाण्डौमा यो बर्षको सबैभन्दा बढी अधिकतम तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेकोमा आज ३२ देखि ३४ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान रहेको मौसमविद् पुडासैनीले बताएका छन । त्यस्तै दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।