Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई निर्घात रुपमा कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल

ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई निर्घात रुपमा कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल

काठमाडौँ । अहिले ट्राफिक प्रहरीले एक जना व्यक्तिलाई निर्घात रुपमा कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोमा ४ जना ट्राफिक देखिएका छन ।

अहिले यो भिडियो धेरैले शेयर गदैँ प्रहरीलाई कारवाही गर्न माग गरिरहेका छन । प्रहरीले एक युवालाई भुईमा लडाएर लात्तैलात्ता बुटले बेहोस हुनसम्म कुटेको भिडियोमा देख्न सकिन्छ । सँगै रहेका अन्य तीन जना ट्राफिकले छुट्याउने प्रयास समेत गरेको देखिँदैन । भिडियोमा कीर्तिपुर रुटमा चल्ने बस देखिएको छ । अन्य मोटरसाइकलहरू कुदिरहेका देखिन्छन् । एक जना ट्राफिकले कालो चस्मा लगाएर यताउता हेरेर निगरानी गरेको जस्तो पनि देखिन्छ । कुटपिट गर्दै कागजपत्र भुईँमै फ्यालेर एक ट्राफिक प्रहरी हिँडेको पनि देखिएको छ । कुटाइ खाने युवकको हातमा हेल्मेट छ । जसबाट उनी मोटरसाइकल चालक हुन् भन्ने अनुमान गर्न सकिन्छ । यो भिडिओ कहाँको र कुटपिट गर्ने ट्राफिक प्रहरी को हुन् भन्नेबार यकिन भइसकेको छैन । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, एसपी दीपक गिरीले भिडियो बाहिरिएसँगै छानबिन शुरू भएको जानकारी दिएका छन ।

भिडियो अलि पुरानो जस्तो देखिएको र कीर्तिपुर रुटमा चल्ने बस देखिएकाले त्यहीँ आसपासको हो कि भन्ने लागिरहेको उनले बताएका छन । यस्तै उनले भिडियोमा देखिएका ट्राफिक प्रहरीको परिचय खुलाउने प्रयास भइरहेको बताएका छन । भिडियो जहिलेको भएपनि छानबिन हुने र दोषीलाई कारबाही हुने उनको भनाइ रहेको छ । यतिबेला सामाजिक सञ्जलमा यो भिडियोलाई लिएर अनेक टिकाटिप्पणी सुरु भैरहेको छ,धेरैले प्रहरीलाई कारवाहीको माग गदैँ आवाज उठाइरहेका छन । पछिल्लो समयमा सुरक्षमा खटिने प्रहरीहरुले नै जनतामाथि बुट बजार्दा सुरक्षा संवेदनशीलता माथि नै प्रश्न उठ्ने गरेको छ । यी र यस्ता घटनाहरु समाजमा पटक पटक घटिरहेका छन ।