Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गर्मी निरन्तर बढ्दै,तराईका क्षेत्रमा तातो लहरको सम्भावना

गर्मी निरन्तर बढ्दै,तराईका क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ । केही दिनदेखि गर्मी निरन्तर बढ्दै गएको छ । आज लुम्बिनी प्रदेशका तराईका क्षेत्रमा तातो लहरको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने बताएको छ ।

मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना रहेको छ । काठमाडौँ उपत्यकाको तापक्रम पनि विगत केही दिनदेखि निरन्तर बढिरहेको छ । आज यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।