Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

टोखा नगरपालिकामा विद्यालयहरू अनिवार्य रूपमा सञ्चालनमा ल्याउन निर्देशन

टोखा नगरपालिकामा विद्यालयहरू अनिवार्य रूपमा सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौं । शिक्षक आन्दोलनका कारण प्रभावित बनेको विद्यालय पठनपाठन अब नियमित रुपमा सञ्चालन गर्नुपर्ने निर्देशन टोखा नगरपालिकाले दिएको छ। नगरपालिकाको निर्णय अनुसार अब नगरपालिका अन्तर्गतका सबै विद्यालयहरूमा विद्यार्थी भर्ना तथा पठनपाठनका कार्यहरू अविलम्ब सुरु गरिनुपर्नेछ।

टोखा नगरपालिकाले सोमबार सूचना जारी गर्दै, शिक्षा ऐन, २०७५ को दफा ४८९१० तथा शिक्षा नियमावली, २०७९ को नियम ४०९१० अनुसार शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु भई चैत मसान्तसम्म सञ्चालन हुने व्यवस्था रहेकाले त्यसअनुसारको कार्यान्वयन नभएको गुनासो विद्यार्थी, अभिभावक र सरोकारवाला पक्षबाट आएको जनाएको छ।

नगर शिक्षा निर्देशक बाबुराम गौतमले जारी गरेको सूचनामा भनिएको छ, “शिक्षा संविधानतः मौलिक हकको विषय हो। नेपालको संविधानको धारा ३१ मा शिक्षा लिन पाउने अधिकार सुनिश्चित गरिएको छ। तर विगत २० दिनदेखि शिक्षक महासंघको नेतृत्वमा भइरहेको आन्दोलनले विद्यालयहरूको नियमित पठनपाठन प्रभावित भएको छ।”

सोही सन्दर्भमा टोखा नगर कार्यपालिकाको २०८२ साल बैशाख ८ गतेको निर्णय अनुसार, अब सबै विद्यालयहरूमा शैक्षिक गतिविधि सञ्चालन अनिवार्य गरिएको छ। साथै, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले ऐनको दफा १०४ मा उल्लिखित आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्ने पनि सूचनामा उल्लेख छ।

नगरपालिकाले सबै विद्यालयहरूलाई विद्यार्थी भर्ना, पठनपाठन तथा अन्य शैक्षिक गतिविधिहरूलाई नियमित रूपमा सञ्चालन गर्न सूचित गर्दै, शिक्षाको निरन्तरतामा कुनै सम्झौता नगर्न आग्रह गरेको छ।