काठमाडौँ । शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको आरोपमा एकजना पक्राउ परेका छन्। काठमाडौँको माइतीघर मण्डलादेखि बानेश्वर सडक खण्डमा प्रदर्शनको क्रममा शिक्षकहरूविरुद्ध नाराबाजी गर्ने व्यक्ति पक्राउ गरेका हुन्। चैत्र २० गते देखि शिक्षकहरु सडकमा छन् । सरकारसँग विभिन्न माग राखेर आन्दोलित शिक्षकहरू आफ्ना माग पूरा गरेरै छाड्ने र सम्झौतामा नटुङ्ग्याउने नीतिका कारण सरकारसँग वार्ताका लागि पनि तयार भएका छैनन् । उनीहरूले यतिबेला अनौपचारिक छलफललाई भने निरन्तरता दिएका छन् । चैत र वैशाखको टन्टलापुर घाममा उनीहरूले कहिले गीत गाएर त कहिले कवितामार्फत शिक्षकहरूले आफ्ना माग राखिरहेका छन् । उनीहरूले विभिन्न गीत र नृत्यमार्फत विरोध ¥यालीलाई रोमाञ्चक पनि बनाइरहेका छन् ।
तर, उनीहरुको आन्दोलन चलिरहेको बेला कार्यक्रम विथोल्न पुगेका एक ब्यक्ति पक्राउ परेका हुन् । शिक्षकहरूको आन्दोलनमा शिक्षकविरुद्ध नै नाराबाजी गरेका व्यक्तिलाई शिक्षकहरूले कुटपिट गरेका थिए। आफू विद्यार्थीको अभिभावक भएको बताउँदै ती व्यक्तिले शिक्षकहरूको आन्दोलनका विरुद्धमा अभिव्यक्ति दिएका थिए ।त्यसपछि शिक्षकहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । लगत्तै उनीहरूलाई ती व्यक्तिलाई प्रहरीको जिम्मा लगाएको नेपाल शिक्षक महासंघले जनाएको छ। शिक्षकहरूले लछारपछार गर्दा उनको लुगासमेत च्यातिएको छ। प्रहरीले घेरा हालेर नियन्त्रणमा लिइसकेपछि भने ती व्यक्तिले शिक्षकहरूलाई झम्टिएका थिए।यता आन्दोलनरत शिक्षकहरूले आज सडकमै शोक मनाएका छन्।
आन्दोलनमा सहभागी भएर घर फर्किने क्रममा सवारी दुर्घटनामा परी ज्यान गुमाएका मनाङ नार्फु गाउँपालिका– ८ को जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक मन घलेको ज्यान गएको थियो। उनकै निधनमा दुःख व्यक्त गर्दै शिक्षकहरूले आज मौन प्रदर्शन गरेर शोक मनाएको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन्। आज आन्दोलनको २०औं दिनमा शिक्षकहरूले बानेश्वरमा आयोजित कोणसभामा शोक मौनधारणसहित शोक मनाएका थिए। आजको आन्दोलनमा नाचगान तथा नाराबाजी केही नगर्ने महासंघले जनाएको छ। काठमाण्डौमा लामो समयदेखि भइरहेको प्रदर्शनका कारण जनजीवन प्रभावित भएको छ । सडक नै ढाकेर हुने प्रदर्शनका कारण काठमाण्डौको माइतिघर–नयाँ बानेश्वर सडक लगायत आसपासको ट्राफिक व्यवस्थापन दिनदिनै अस्तव्यस्त भइरहेको छ ।
दैनिकी जसो भई रहेका प्रदर्शनले उपत्यकाबासी हैरान नै भएका छन् । कहिले कस्को प्रदर्शन त कहिले कस्को प्रदर्शन । न त माईतीघरलाई चयन छ न बिजुली बजारलाई । लगातार भएका प्रदर्शनले सर्वसाधारण नै वाक्क भएका छन् । नियमित रुट बदलेर यात्रा गर्दा र लामो समयसम्म जाममा पर्दा सवारी चालक तथा यात्रुहरु मर्कामा परेका छन् । उनीहरुको विरोध ¥यालीका कारण सिंहदरबार, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर, शङ्खमूल, माइतीघरलगायतका क्षेत्र सामान्य बन्न सकेको छैन