काठमाडौँ । नेपाल सरकार की शिक्षामन्त्री विद्या भट्टराईले शिक्षामन्त्रीको पदबाट राजीनामा दिएकी छन् । उनले आज प्रधानमन्त्री ओलीलाई भेटेर राजीनामा बुझाएको जानकारी प्राप्त भएको छ । पछिल्लो समयमा शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।
आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उनको राजीनामा स्वीकृत हुने बताइएको छ । शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।