Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिंहदरवार भित्र जब गुन्जियो राजतन्त्र जिन्दावादको नारा

सिंहदरवार भित्र जब गुन्जियो राजतन्त्र जिन्दावादको नारा

काठमाडौँ । राप्रपाका नेताहरु राजेन्द्र लिङदेन देखि ज्ञानेन्द्र शाही सम्मका नेताहरुले सिंहदबार भित्रै राजतन्त्र जिन्दावादको नारा लगाएपछि यतिबेला राजनीतिक वृत्तमा हलचल मच्चिएको छ । बैशाख ७ गते अर्थात हिज मात्रै राप्रपाका उच्च तहका नेताहरुले देशको प्रमुख राजनितीक अड्डा सिहरबारमा उक्त नारा लगाए सँग राजनीतिको नयाँ बहस छेडिएको हो । निषेधित क्षेत्र तोड्ने भनी घोषित आन्दोलनका क्रममा सरकारको ध्यान बानेश्वरतर्फ केन्द्रित गराएर राप्रपा नेताहरूले सिंहदरबारभित्रै राजतन्त्र जिन्दावाद भन्दै पम्पलेट देखाएर प्रर्दशन गरेका हुन ।

प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर बानेश्वर प्रवेश गर्ने आशंकाका बीच ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । तर उनीहरुले प्रहरी र सरकार लाई नै चक्मा दिएर सिंहदरबारभित्रै विरोध प्रदर्शन गरेपछि यतिबेला हंगामा नै मच्चिएको छ । यतिबेला राजावादीको आन्दोलनले देश थप राप र तापमा धकेलिरहेको छ । पुर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता सँगै राजावादी दलहरु र संगठनहरु सल्बलाई रहेका छन । राप्रपाले केही दिन अघि देखि निषेधित क्षेत्र तोडने घोषण गरेको थियो, बिहीबार बसेको कार्यसम्पादन समिति बैठकपछि उनले सरकारले नागरिक अधिकारलाई संकुचित बनाएको निष्कर्ष सहित त्यसको विरोध स्वरुप समेत निषेधित क्षेत्र तोड्ने जिकिर गरेका थिए ।

उनको यस्तो सार्वजनिक अभिव्यक्ति आउनु अगावै जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट राप्रपा नेताहरुले बिजुलीबजारमा गएर शान्तिपूर्ण सभा गर्ने गरी अनुमति लिइसकेका थिए । गएको १५ चैतमा दुर्गा प्रसाईंले नेतृत्व गरेको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि प्रश्नको घेरामा परेको प्रहरीले लिङ्देनको अभिव्यक्तिलाई ‘गम्भीरतापूर्वक’ लिएको थियो तर प्रहरीलाई चक्का दिएर उनीहरुले सिहदबार भित्रै प्रर्दशन गरेका हुन । उनीहरुलाई प्रहरीले प्रर्दशन स्थल बाटै पक्राउ गरेको थियो पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाएका थिए । पक्राउ परेका उनीहरुलाई साँझ छाडिएको थियो । राप्रपाले निषेधित क्षेत्र तोड्ने भन्दै आन्दोलनका कार्यक्रम घोषण गरेपछि गृहमन्त्रालयले पनि कारवाही गर्ने चेतावनी दिएको थियो ।

शुक्रवार मात्रै राप्रपाका नेताहरुले पुर्वराजा ज्ञानेन्द्र शाहको निर्मल निवास पुगेर भेटघाट गरेका बाहिर आएका थिए । उनीहरुले लन्च मिटिङ गरेको समेत खुल्न आएको थियो । गत चैत १५ गते भएको रावावादीको आन्दोलनमा पक्राउ परेका केही राजावादी नेताहरु अझै थुनामा रहेका छन । राजावादीका कमान्डर बनेका दुर्गा प्रसाई अराजक बन्दा त्यो दिन ठुलो मात्रामा धनजनको क्षति भएको थियो ।