Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन शाहको प्रशंसा पाउने श्रृङ्खला झन बढदै ःजमिनभित्र लुकाएका र मेटिएका ईतिहास खोज्दै

बालेन शाहको प्रशंसा पाउने श्रृङ्खला झन बढदै ःजमिनभित्र लुकाएका र मेटिएका ईतिहास खोज्दै

काठमाडौँ । हराएका र मेटिएका ईतिहास खोज्दै छन काठमाण्डौ मेयर बालेन शाहले । पुर्खाका ऐतिहासिक सम्पत्ति अहिलेका नया पुस्तालाई फिर्ता गर्ने र देखाउने गरि लागिपरेका छन । बालेनको प्रशंसा पाउने श्रृङ्खला झन बढ्दै गएको छ ।जमिनभित्र लुकाएर राखेको टुकुचा खोला खोज्ने विषयले उनलाई चर्चाको ‘क्लाइमेक्स’मा पुर्यायो । हुनपनि उनले टुकुचा खोला भेटाए ।

यति मात्रै होइन, महानगरले बेसमेन्ट खाली गराउने र टुकुचा खोला खोज्ने क्रममा हातिसारको लक्ष्मी बैंकको भवनमा एउटा गाडी भेटियो । अहिले बालेन शाह निरन्तर रुपमा बिभिन्न काठमाण्डौ महानगरसंग जोडिएका र ईतिहास रचिएका सम्पत्तिहरु खोजिरहेका छन । यसैबिचमा उनले अहिले महानगरपालिकाकामा रहेको ऐतिहासिक पोखरी इखा पुखुलाई लिच्छविकालीन अवस्थामा फिर्ता गर्ने कार्य सुरु भएको बताएका छन् । ३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी रहेको शाहले उल्लेख गरेका छन् । जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्टाइएको बताइएको छ । अब हामी तयार छौं — इखा पुखुलाई लिच्छविहरूकालिन इतिहास र गरिमा फिर्ता गर्न काठमाडौं महानगरपालिकाका वडा नं। १७, १८ र २५ को बीचमा अवस्थित इखा पुखु एउटा ऐतिहासिक पोखरी हो, जसले स्थानीय समुदायसँग गहिरो धार्मिक र सामाजिक सम्बन्ध बोकेको छ। काठमाडौं महानगरपालिकाभित्र रहेका प्रख्यात हिटीहरू जस्तै मरुहिति, कोहिति, र अन्य ढुंगेधाराहरूसँग पनि इखा पुखुको अन्तरसम्बन्ध रहेको स्थानीय जानकारहरू बताउँछन्। विज्ञहरूका अनुसार, पानीको स्रोत व्यवस्थापन गर्न काठमाडौंको उत्तरी सिरान क्षेत्रपाटीमा यो पोखरी निर्माण गरिएको थियो।

कुनै समय क्षेत्रपाटी नै सहरको उत्तरी सिमाना थियो, र त्यसभन्दा पर बस्ती थिएन। त्यसैले स्थानीय बासिन्दाले पानी जम्मा गर्न इखा पुखु बनाएका थिए र नजिकै इखानारायण मन्दिर स्थापना गरेका थिए। त्यसबेला यो पोखरी काठमाडौंको जमिनमा पानी पुनर्भरणको प्रमुख स्रोतको रूपमा थियो।

तर, विभिन्न कालखण्डमा यो पोखरीको अस्तित्व मेटाउने प्रयासहरू भए। लामो समयको प्रयासपछि काठमाडौं महानगरपालिकाले इखा पुखुको पुनर्निर्माण कार्यलाई अगाडि बढाएको छ। हालसम्म पोखरीमा थुप्रिएको फोहोर, झार, र २०७२ को भूकम्पपछि भत्किएका घरहरूको अवशेष हटाइएको छ। सुरुमा २ फिट उत्खनन गरिएको थियो, तर पुराना तहहरू भेटिएपछि थप १ फिट गहिरो खनियो। त्यसपछि मात्र पुरानो कालो माटो भेटिएको थियो। महानगरपालिकाले बाउन्ड्री वाल निर्माणको तयारी पनि पूरा गरेको छ।

३ करोड ६४ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भइरहेको यो पोखरीको क्षेत्रफल करिब साढे ७ रोपनी छ, जसमध्ये ६ रोपनी क्षेत्र पानीका लागि छुट्याइएको छ।पोखरीको वरिपरि २ मिटर चौडाइको पैदलमार्ग निर्माण गरिनेछ, जहाँ मानिसहरू हिँड्न, विचार गर्न र पोखरीको शान्त वातावरण महसुस गर्न सक्नेछन्। यो केवल संरचनात्मक पुनर्निर्माण मात्र होइन, यसमा आकाशे पानी संकलन प्रणाली पनि बनाइनेछ। पोखरीको पुनर्निर्माणले जल प्रणाली ९ब्लु ल्याण्डस्केप० को पुनःस्थापना गर्नेछ। यो प्रयास जलचक्र, वातावरण, र सम्पदासँग पुनः सम्बन्ध जोड्ने हाम्रो साझा संकल्प हो। मेयर बोलन शाहले भनेका छन ।