Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

चोरी भएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण

काठमाडौँ । उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका २०ओटा दुई पाङग्रे सवारी साधन९ मोटरसाइकल र स्कुटर खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच यस कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले १३ ओटा मोटरसाइकल र ७ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाको जगाती,चुनदेवी, बानेश्वर, गौरीघाट, मंगलबजार, इमाडोल, लुभु, सोह्रखुट्टे, कंलकी, नयाँ बसपार्क, बाफल, थली, नेपालटार र मुलपानी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २० ओटा सहित ३८६ ओटा सवारी साधन साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका ३७ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ५४ जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाइएका २० ओटा सवारी साधनहरू हराएको भनी विभिन्न मितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन परेका थिए ।

सवारी साधन जिम्मा लिए पश्चात् सवारी धनीहरूले खुसी व्यक्त गर्दै सामूहिक रूपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०७९र०८० मा ४९९ ओटा र ०८०र०८१ मा ४१७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।