Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अत्यधिक वायु प्रदूषणका कारण आन्तरिक उडानहरू प्रभावित

अत्यधिक वायु प्रदूषणका कारण आन्तरिक उडानहरू प्रभावित

काठमाडौँ ।पछिल्लो समयमा नेपालमा अत्यधिक वायु प्रदूषणका कारण आन्तरिक उडानहरू प्रभावित हुन पुगेका छन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम हुँदा केही उडानहरू समयमा हुन नसकेको हो ।

जसअनुसार काठमाडौँबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज डिले भएको छ । यस्तै यती एयरलाइन्सको पोखरा उड्नुपर्ने जहाज र बुद्ध एयरको भरतपुर उड्नुपर्ने जहाज पनि डिले भएको छ । यस्तै बुद्ध एयरकै पोखरा उड्नुपर्ने जहाज, यतीको पोखरा नै उड्नुपर्ने अर्को जहाज पनि डिले भएका छन् ।

आज श्री एयरलाइन्सको माउन्टेन फ्लाइट, नेपाल एयरलाइन्सको रुकुम उडान भने सफल भएको छ ।

यस्तै अन्तराष्ट्रितर्फका केही उडान पनि ढिले भएका छन् ।