Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

होटल पौवाको ‘स्वाद उत्सव’ आज बाट सुरु,५ दिनसम्म नेपाली खानाको निशुल्क स्वाद लिन पाइने

होटल पौवाको ‘स्वाद उत्सव’ आज बाट सुरु,५ दिनसम्म नेपाली खानाको निशुल्क स्वाद लिन पाइने

काठमाडौँ । आफनो छुट्टै पहिचान बनाउँन सफल जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका सञ्चालित नेपाली हस्पिटालिटी ब्राण्ड होटल पौवाले स्थापनाको नवौं वार्षिकोत्सवको अवसर पारेर ‘स्वाद–उत्सव’ कार्यक्रम सुरु भएको छ । आज चैत्र २५ गतेदेखि २९ गतेसम्म पौवाका सबै शाखामा आयोजना हुने स्वाद उत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको स्वाद लिन पाइने भएको छ ।

यस उत्सवमार्फत पौवाले नेपाली स्वाद, संस्कृति र आतिथ्य संस्कारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य राखेको छ । ‘मिसन १००’ को लक्ष्य पच्छ्याउँदै देशभर विस्तार भैरहेको होटल पौवाले नवौँ वार्षिक उत्सवको यस कार्यक्रम सबै शाखामार्फत एकसाथ सुरु हुने समेत बताइएको छ ।

स्थापनकालदेखि नै नेपाली स्वाद, नेपालीपनको सत्कार, नेपाली कला र संस्कृतिलाई जगेर्ना गर्ने कार्यक्रमहरू गर्दै आएको होटल पौवाले उच्च आतिथ्यता प्रदान गर्दै मौलिक स्वादको अनुभव पाहुनाहरूसमक्ष पु¥याउने उदेश्यका साथ ‘स्वाद उत्सव’ कार्यक्रम गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय जगतमा समेत ख्याती कमाएको नेपाली सत्कारलाई ब्राण्डिङ गर्दै यसलाई थप समृद्ध बनाउने उद्देश्यका साथ पौवाले आफ्नो अभियानलाई अघि बढाइरहेको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचानलाई पौवाले लक्ष्य बनाएको छ । सबै धर्म, संस्कृति मान्ने नेपालीका विभिन्न चाडपर्वलाई पौवाले विशेष बनाउँदै आएको छ’ उनले भने ।

यो उत्सवको अर्को महत्वपूर्ण लक्ष्य भनेको स्थानीय किसानको खाद्य एवं तरकारीजन्य उत्पादनलाई प्रोत्साहन समेत रहेको ब्राण्डिङ प्रमुख विष्णु भण्डारीले बताएका छन । पौवा स्वाद उत्सव बिहान ११ बजेदेखि ५ बजेसम्म सन्चालन हुने छ । उत्सवमा नेपाली स्वाद र संस्कृति झल्किने टिपिकल नेपाली खानाको प्रस्तुति हुने बताइएको छ । नौ वर्षअघि लुम्बिनीबाट पहिलो यात्रा सुरु गरेको होटेल पौवाले मुलुकका विभिन्न शहरमा गरी १७ वटा शाखा बिस्तार गरिसकेको छ । देशका विभिन्न स्थानमा रहेका आफ्ना १७ वटै शाखामा एकै साथ सो कार्यक्रम सञ्चालन गरिने होटेल पौवाका ब्राण्ड हेड विष्णु भण्डारीले बताए । उत्सवमा सहभागी हुन सबै शाखाबाट दुई लाख स्थानीय तथा बाहृय पाहुनालाई निमन्त्रणा गरिएको उनले जानकारी दिए ।देशभरका आफ्नो १७ वटा शाखामा गरी करिब ८ सय जनाले प्रत्यक्ष रोजगारी पाएको पौवाको दाबी छ ।