Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा,नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा,नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर

काठमाडौँ । सोमबार आज काठमाडौँको वायु प्रदूषण पनि उच्च रहेको छ । आईक्यू एयरको बिहान साढे ७ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा परेको छ ।आज हावाको गुणस्तर २३० एक्यूआई रहेको छ । यसलाई अस्वस्थकर मानिन्छ । हावामा पीएम २।५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१ गुणा बढी रहेको छ ।

हाल भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ ।

त्यसपछि शीर्ष १० स्थानमा क्रमशः भियतनामको हानोई, चीनको बेइजिङ तथा ग्वानझाओ, म्यानमारको यङगुन, चीनको सांघाई, भारतको मुम्बई र चीनको वुहान रहेको छ ।