Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न केही दिन लाग्ने

काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न केही दिन लाग्ने

काठमाडौँ । अझै काठमाडौँ उपत्यकामा डम्म लागेको बादल फाट्न केही दिन लाग्ने भएको छ । विगत केही दिनदेखि वायु प्रदूषणका कारण अहिले उपत्यकाको जन जीवन कष्टकर बन्दै गएको छ । शुक्रबारदेखि वायुको वेग आजको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले बताइन् ।

हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन् । बुधबारको तुलनामा आज तापक्रम पनि केही घटेको जानकारी दिँदै उनले भोलिदेखि क्रमशः तापक्रम पनि बढ्ने जानकारी दिइन् ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली भएको छ ।