Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मोटरसाईकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाईकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा काभ्रेपल्ञ्चोकको महाभारत गाउँपालिका–१ घर भई हाल भक्तपुर ठिमी बस्ने दुर्गा बहादुर दर्लामी रहेका छन्। चैत १५ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–५ राधेराधेस्थित सडक खण्डमा प्रदेश १–०२,०४५ प २६२४ नम्बरको २०० सीसीको कालो रंगको पल्सर एनएस मोटरसाइकलको चालक र मोटरसाइकल पछाडी बस्ने व्यक्तिले शंकास्पद गतिविधी देखाई मोटरसाइकल छाडी फरार भएका थिए।

दर्लामी उक्त मोटरसाइकलको पछाडी बसेका थिए। उक्त मोटरसाइकलको सम्बन्धमा बुझ्दा उक्त च्यासिस तथा इन्जिन नम्बर भएको एन एस मोटरसाइकलको वास्तविक नम्वर ग।प्र।०३,००१ प ०७२५ खुल्न आएको प्रहरीले जनाएको छ।

सो मोटरसाइकल यही चैत ७ गते काठमाडौँको टोखा नगरपालिका–७ धापासी भेटघाटचोक स्थित सडक खण्डबाट हराएको भनि गोरखा शहीदलखन गाउँपालिका–४ का राजेश रानामगरले खोजतलासको लागि निवेदन दिएका थिए।

प्रहरीले उक्त मोटरसाइकलको चालक तथा पछाडी सवार व्यक्ति खोजतलास गर्दै जाने क्रममा चैत १९ गते भक्तपुर कमलविनायक सडकखण्डमा पछाडी सवार दर्लामीलाई पक्राउ गरेको हो। पक्राउ परेका दर्लामी उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।