Shares
Shares
ठुली एकदमै लजालु स्वभाव ,कम बोल्ने र सोझी छिन ।उनको परिवारमा ५ जना सदस्य हुन्हुन्छ।ठुली परिवारकी जेठि छोरी हुन।उनी भन्दा तल एउटा भाइ र एउटा बहिनी छिन। ठुली र उनकी बहिनी को जनमान्तर १ बर्स मात्र फरक छ,छोराको खोजिमा ६ बर्सपछि भाइ जन्मिन्छ र ठुली को आमाबुबाले छोरा जन्मिने बेलामा शहर बस्ने निर्णय गरेर शहर आउछ्न।भाइ जन्मिएपछी परिवारमा छुट्टै खुशीको माहोल आउँछ।त्य्सपछी ठुली र उसकि बहिनी स्कुल पढ्नेहुन्छ्न ।भाइ पनि L.K.G पढ्ने हुन्छ ठुली ६ र उसकी बहिनी ५ कक्षा मा पुग्छ्न उसका बाबू security guard अनि आमा घरको काम गर्थिन ।गाउमा खेतबारि धेरै भएको कारणले काम गर्न मान्छे कोइ नहुदा बाझो बस्ने अवस्थामा पुगेसी ठुली कि हजुराआमाले उनिहरुको परिवारलाई गाउमा बोलाउनुहुन्छ ।
तेय्सपछि कथा अलि अर्कि तिर मोडिन्छ।ठुली उसको भाइ अनि बहिनी बोर्डिङ स्कुल पढ्दा,पढ्न गाउमा सराकारी स्कुल पढ्न बाध्य हुन्छ्न। ठुली कि बहिनी छुची स्वभावकि ,धेरै बोल्ने बाठि हुन्छिन भने ठुली सबैसँग बोल्न लजाउछिन ,घरभित्रकै काम गर्न रुचाउछिन ।आफ्नै बाबुआमालाइ पनि खुलेर कुरा गर्न सक्दिनन उनी ।तेसपछी सबैले काम लगाउछ्न उनी अराएको काम सबै गर्थिन ,भाइ सानै थियो उनी पढाईमा अलिक अगाडि थिइन ।बोर्डिङ स्कुल पढेको असरले गर्दा उनी ईंग्लिश मा talent थिइन ।सानै देखि उनी गाउन रुचाउथिन तर लाजले गर्दा उनी बाहिर आफ्नो प्रतिभा देखाउन सकिनन।तर उसकी बहिनिमा पनि येस्तै रहर थियो नाच्ने उनी आफ्नो प्रतिभा नलजाइकन ,नडराइ,प्रस्तुत गर्थिन त्यसपछि बहिनीलाई सबैले चिन्न थाले,तारिफ गरे तर उनी पछाडि परिन।एकदिन स्कुलमा सास्कृतिक कार्यक्रम थियो उसकी बहिनिले नृत्य प्रस्तुत गरिन र प्रथम भैइन।जब स्कुलबाट घर आउदै थिइन तब उनको कानमा एउटा आवाज आयो ( बहिनि त्यति राम्री,बाठि तर दिदी चै कस्ति लाटिजस्ती रैछे ) यो कुराले उनको मन यति रोयो धेरै पछुताइन पनि आफू लजाउने स्वभाव ले गर्दा पछाडी परे भन्ने कुरा उनले अभास गरिन।तेस्पछी उनी बोल्न थालिन ,आफुमा भएको प्रतिभा देखाउन थालिन ।
रेडियोमा गित गाउने कार्यक्रम हुन्थ्यो उनी घरमा झुठो कुरा बोलेर भएनी गएर रेकर्ड गराउथिन।तेस्पछी ठुलीका बाबुआमाले पनि ठुलीको प्रतिभा चिने तर राम्रो साथ भने पाइनन।उनी एउटा राम्रो कलाकार बन्न चाहनथिन। त्यसपछि उनी +२ पास गरिन र शहर गएर पढ्ने रहर राखिन।तर बाबुआमा सबै गाउमै बस्ने कारणले गर्दा उनिलाइ घरपरिवार बाट अनुमती मिलेन। तर उनी म जसरी नि जान्छु राम्रो कलाकार बन्छु ,म अब शहर गैन भने मेरो रहरहरु मर्छ्न होला ,पूरा गर्न सक्दिन येस्तै मनोबादहरु मनमा केलाउदै आमाबाबु को कुरा काटेर सहर आइन ।घरबाट हिड्ने बेलामा उसका बाबुले भनेका थिए छोरी तैले शहर चिनेकी छैनस ,पैसा कमाउन कति गारो छ तलाइ थाहा छैन भनेर भनेका थिए तर ठुलीसङ्ग एउटा रहर थियो उनी जसोतसो गरेर सहर आइन।जब शहर आइन ठुली समस्यामा परिन ।उसले सोचेजस्तो केही रहेनछ। यो स्वार्थी शहर को कथा बिचरी उसलाइ के थाहा?कलेज पढ्न लागिन शहर आएको २/३ महिना त रमाइलो भयो तर तेसपछी अनेक समस्या आइपर्न थाले।उनलाइ जागिर पाउन गारो भयो ,सधै घरबाट कति पैसा माग्ने,उनी समस्यामा परिन।तेस्पछी उनी कलेज ,जागिर गर्न थालिन।तर यो पापी शहरमा आफुले सोचेजस्तो जिन्दगी बनाउन सकिनन।
ठुली का रहर सपनाहरु शहरले पूरा हुन दिएन।पढाईमा त उनले सफलता हात पारिन तर आफनो जिन्दगीका रहर पूरागर्न सकिनन ।आफ्ना बाबुआमाको नाम आफ्नो नामबाट चिनाउने सपना बोकेर शहर पसेकी उनी सोचेजस्तो जिन्दगी बनाउन सकिनन। येस्तै ठुली जस्तै धेरै पात्रहरु येस्तै अधुरा सपना बोकेर झिलिमिली शहर मा अध्यारो बेरङिगिन सपना बोकेर बस्ने धेरै छन.
यस्ता धेरै प्रतिभाहरु ओझेलमा छन अझै पनि ।हौसला साथ नापाएर आफ्ना सपनाहरु गुम्साएर बसेका छन। तेसैले परिवार को राम्रो साथ , नपाएसम्म आफुलेसोचेजस्तो जिन्दगी हुदैन।ठुलीले आफ्ना मनका कुरा खुलेर नभन्दा ,आफ्ना समस्या आफैमा दबाउदा पनि पछि परिन ।त्य्सैले मनका कुरा स्पष्ट पार्न सक्नुपर्छ,समयसङ्ग बाजिमारेर अघि बढनुपर्छ,शिक्षा यो ठुलो को वास्तविक कथाले सिकाउछ।तेसैले हामी केही कुरामा पन पछि हट्नुहुँदैन
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209