Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन,आज अन्त्येष्टि गरिने

वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन,आज अन्त्येष्टि गरिने

काठमाडौँ । वरिष्ठ पत्रकार एवं पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा आइतबार साँझ निधन भएको छ ।

केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि सिनामङ्गलस्थित केएमसी अस्पतालमा भर्ना गरिएकोमा  उपचारकै क्रममा मृत्यु भएको हो । पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए।

कोइराला परिवारका एक मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रूपमा काम गरेका थिए । पूर्वसांसदसमेत रहेका दिवङ्गत कोइरालाको सोमबार बिहान ११ बजे नेकपा( एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।