Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वराष्ट्रपति भण्डारीले मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद उल फित्रको शुभकामना व्यक्त

पूर्वराष्ट्रपति भण्डारीले मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद उल फित्रको शुभकामना व्यक्त

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुस्लिम धर्मावलम्बीको महान् पर्व ईद उल फित्रको शुभकामना दिएकी छन् । सामाजिक सञ्जालमार्फत पूर्वराष्ट्रपति भण्डारीले ईद पर्वले परिवार तथा समाजमा आपसी प्रेम र सद्भाव प्रगाढ बन्ने विश्वास व्यक्त गरेकी हुन् ।

“रमजानको पवित्र महिना सकिएपछि हर्षोल्लासका साथ मनाइने ईद उल फित्रको सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना छ”, पूर्वराष्ट्रपति भण्डारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख  छ ।