Shares
Shares
गोरखा । नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरु गर्दैछ । स्थानीय तहको समन्वयमा यही चैत्र २७ गतेदेखि पदयात्रा सुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ ।
गोरखाको टोली पालुङटारको सतिघाट पुगेर तनहुँलाई उज्यालोको प्रतिकस्वरुप टर्च हस्तान्तरण गर्ने र तनहुँले पाल्पालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए । ‘पाल्पाले रुपन्देहीलाई बुझाउँछ र रुपन्देहीको टोली जितगढीमा पुगेर विजय उत्सवमा सहभागी हुन्छ’, गणपति क्षेत्रीले भने ।
जितगढी किल्लामा विसं १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अङ्ग्रेज सेना फिर्ता भएका इतिहासका जानकार बताउँछन् । नेपाली सेनाले विजय प्राप्त गरेको सम्झनामा प्रत्येक वर्ष जितगढीमा वैशाख ७ गते विजय उत्सव दिवसका रूपमा मनाइँदै आइएको रिपुमर्दन गणले जनाएको छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209