Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिंहदरबार अगाडि प्रदर्शन,१२ जना पक्राउ

सिंहदरबार अगाडि प्रदर्शन,१२ जना पक्राउ

काठमाडौँ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेसँगै उनको समर्थनमा मंगलबार दिनभर प्रदर्शनहरू भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेको थियो ।

यसैबिच नेकपा बहुमतका युवाहरूले पनि सिंहदरबारको निषेध क्षेत्रमा सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका १२ जना आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १० जना पुरुष र २ जना महिला रहेका छन् ।