Shares
Shares
प्रतिनिधिमण्डलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, पोखरा महानगरपालिकाका वडा नं २१ का वडा अध्यक्ष दीपक सुवेदी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईलगायतको सहभािगता थियो ।
भेटमा प्रमुख आचार्यले नेपाल र चीन बीचको युगौँदेखिको सम्बन्ध भएको बताउँदै असल मित्रराष्ट्रका रुपमा आफूहरूले लिने गरेको बताए । पोखरा र लुुझाउ एक अर्कामा भगिनी सहर भएको बताउँदै उनले पोखराबाट सिचुवानको छेन्दुमा सुरु गरिएको व्यावसायिक उडानले दुवै सहरबीचको सम्बन्धलाई अझै मजबुत बनाउने बताए ।
लुझाउ नगरका प्रमुखले पोखरासँगको द्विपक्षीय सम्बन्धलाई भगिनी शहरका रुपमा आगामी दिनमा अझै प्रगाढ बनाएर लैजाने विश्वास व्यक्त गरे । पोखरासँग शिक्षा स्वास्थ्यसँगै पर्यटन, संस्कृति, कृषि, खेलकुुद आदि क्षेत्रमा सहकार्य गर्न आँफूहरू तयार रहेको उनको भनाइ थियो ।
चीनमा परम्परागत चिकित्सा पद्धति प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताउँदै उनले नेपालको आयुर्वेदिक चिकित्सा पद्धतिसँग पनि सहकार्य गर्ने बताए । नेपालमा भएका जडिबुटीबाट औषधी निर्माण, तथ्यांक संकलन जस्ता कुरामा सहकार्य बढाउन सकिने उनको भनाइ थियो ।
पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख लामिछानेले पोखराबाट चीनको छेन्दुसम्म सुरु भएको व्यावसायिक उडान आगामी दिनमा पोखरा र लुझाउको सम्बन्ध विस्तारका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । नेपाल चीनबीचको औपचारिक सम्बन्ध गाँसिएको ७०औँ वर्ष गाँठ मनाइरहँदा चीन सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२५ र पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ समेतका कारण पोखरासहित नेपालमा चिनियाँ पर्यटकको आगमन बढ्ने विश्वास गरिएको उको भनाई थियो ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209