Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन सुरु

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन सुरु

काठमाडौँ । पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन सुरु भएको छ । ‘फङ्सनल न्युरोसर्जरी वर्कसप’ का रूपमा सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ ।

न्युरो फाउन्डेसन नेपाल र नेपलिज सोसाइटी अफ न्युरोसर्जन्स्को संयुक्त आयोजना रहेको सम्मेलनमा क्यानडा, इरान र नेपालका न्युरोसर्जरी क्षेत्रमा कार्यरत चिकित्सक तथा वैज्ञानिकको सहभागिता रहेको छ ।

सम्मेलनमा ६० भन्दा बढी वैज्ञानिकले कार्यपत्र प्रस्तुत गरिरहेका छन् । सम्मेलनबारे प्रकाश पार्दै न्युरो फाउन्डेसन नेपालका अध्यक्ष डा वसन्त पन्तले भने, ‘फङ्सनल न्युरो सर्जरीमा पार्किन्सन्स, शरीर काम्ने, शरीरको चालसम्बन्धी गडबडी ९मुभमेन्ट डिसअर्डर०, विभिन्न किसिमका मानसिक स्वास्थ्यसम्बन्धी समस्याको उपचारमा केन्द्रित रहेर सम्मलेन आयोजना गरिएको हो ।’