Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

वैदेशिक रोजगारीको पीडाः ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

वैदेशिक रोजगारीको पीडाः ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

नवलपरासी । मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी बर्दघाट सुस्तापूर्व को कावासोती नगरपालिका–४ हसौरामा धनमाया सार्कीको घरमा शोकमग्न भीड जम्मा भइसकेको थियो । घरको आँगनमा राखिएको बाकसले त्यहाँको वातावरण अझ गम्भीर बनाइदिएको थियो । परदेशी भूमिमा श्रम बेच्न गएकी धनमायाकी छोरी तिलमाया अब कहिल्यै नफर्किने गरि आफन्तकाबीचमा बाकसभित्र आइपुगेकी थिइन् ।

घरको आँगनमा उभिएकी छ वर्षीय नातिनी सोध्छिन्, ुहजुरआमा, ममी कहिले आउनुहुन्छु तर, ७० वर्षीय हजुरआमा धनमाया केही भन्न सक्दिनन् । उनी चुपचाप आँसु पुछ्दै बन्द बाकसतिर हेरिरहन्छिन्, जहाँ उनकी २६ वर्षीय छोरी तिलमाया सार्की चीरनिद्रामा सुतिरहेकी छिन् । घरको माहोल शोकमग्न छ, छिमेकीहरू मौन छन् तर, कसैले भन्न सक्दैन(ुनानी तिम्री ममी अब कहिल्यै फर्किन्नन् ।

श्रीमान्सँग सम्बन्धविच्छेद भएपछि छोरीका लागि आमाबुबा दुवैको भूमिका निर्वाह गर्नु तिलमायाको बाध्यता बन्यो । गाउँमा रोजगारी थिएन, उधारोले घर चल्न सकेन र उनले रोजिन् वैदेशिक रोजगारीका लागि मलेसयिा । ुकेही वर्ष दुःख गर्छु, छोरीलाई राम्रो बनाउँछुु, भन्दै उनले ६ वर्षीय छोरीलाई वृद्ध आमाको जिम्मा लगाएर मलेसियातर्फ लागिन् । तर, परदेशी भूमिले तिलमायालाई चाँडै नै गुमाइदियो । गत वैशाख २६ गते मातातीर्थ औँसीको दिन आमाको मुख हेर्ने भन्दै मलेसियाबाट तिलमायाले गरेको फोन नै अन्तिम फोन थियो ।

त्यसको केही दिनपछि अचानक फोन आयो, ुतिलमायाको हत्या भयो ।ु यो खबरले परिवारलाई छियाछिया बनायो । पाकिस्तानी नागरिकले तिलमायाको हत्या गरेको खबर पुष्टि गर्न नै केही हप्ता लाग्यो । अन्ततः सरकारी प्रक्रिया पूरा गरी हत्या भएको ११ महिनापछि तिलमायाको शव बाकसमा घर आइपुग्यो ।

तिलमायालाई अन्तिम श्रद्धाञ्जलि दिन गाउँका सबै जम्मा भए । धार्मिक परम्पराअनुसार गर्नुपर्ने विधि पूरा गरी तिलमायाको अन्तिम संस्कार गरियो । मृत्यु भएकी छोरीलाई अन्तिम पटक भए पनि हेर्ने आमा धनमायाको अठोटले तिलमायाको शव घरसम्म आइपुगेको हो । हत्या गरिएको बीभत्स शव नेपाल ल्याउन परिवारले ११ महिनासम्म वडा कार्यालय, नगरपालिका हुँदै धेरै ठाउँमा धाउनुपरेको थियो ।

आप्रवासन केन्द्रको निरन्तरको प्रयास र आफूहरूको प्रयासलाई बल पुग्ने गरी समाचार आएपछि शव नेपाल ल्याउन सम्भव भएको सुरक्षित आप्रवासन केन्द्र ९सामी परियोजना०की परामर्शदाता रञ्जना लम्सालले बताइन् । सम्पूर्ण कागजात मिलाएर आप्रवासन केन्द्रमा शव झिकाउन आग्रह गर्दा पनि सुनुवाइ हुनसकेको थिएनु, उनले भनिन्, ुशव नेपाल ल्याइए पनि राहत रकमको लागि पहल भइरहेको र अबको १५र२० दिनमा राहत पनि आइसक्ने छ ।ु वैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीले राहत रकम उपलब्ध गराउनेछ भने मलेसियामा अदालतको फैसलापछि मात्र हत्या गर्ने व्यक्तिबाट क्षतिपूर्ति रकम भराइने भएको छ ।

सुरक्षित आप्रवासन केन्द्रको तथ्याङ्कअनुसार नवलपरासी ९बर्दघाट सुस्तापूर्व० मा चालु आर्थिक वर्षको अहिलेसम्म वैदेशिक रोजगारीमा गएकामध्ये २० जनाको मृत्यु भएको छ । मृतकमध्ये अझै दुई जनाको शव नेपाल ल्याउन बाँकी छ ।