काठमाडौँ- देशका आधाभन्दा बढी जनसंख्याले खाना पकाउन अझै पनि दाउरा प्रयोग गर्ने गरेका छन् ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन काठ/दाउरा प्रयोग गर्ने गरेको उल्लेख छ ।
अघिल्लो जनगणनाको तथ्यांकको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको संख्या १३ प्रतिशतले घटेको छ ।