काठमाडौँ । केही दिन देखि सामाजिक सञ्जालमा बालेन शाहको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एक युवतीले नमस्कार गर्दा नमस्कार नर्फाकाएको भन्दै बालेनको तिब्र आलोचना भैरहेको छ तर वास्तविकता भने अर्को रहेको कलाकार सिताराम कट्टेल धुमुर्सले बताएका छन । धुर्मुसका अनुसार बालेनले हात जोडेर नमस्कार नफर्काए पनि मुखले ‘नमस्कार’ भनेका थिए, तर अडियोमा राम्ररी नसुनिएको उनले बताएका हुन ।
जसले गर्दा बालेनले आलोचना खेपिरहेका छन । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह अस्ति राति चलचित्र ‘लाज शरणम्’ हेर्न सुटुक्क सिनेमा हलमा पुगेका थिए । सञ्चारकर्मीहरूले सुइँको नपाए पनि त्यहाँ उपस्थित अन्यले मोबाइलमा खिचेको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेका छन । सार्वजनिक भिडिओमा बालेनले चलचित्रका प्रमुख कलाकार सिताराम कट्टेल धुर्मुसको खुलेर प्रशंसा गरिरहेको देखिन्छ । बालेन धुर्मुससँग गफिइरहँदा पछाडिबाट एक युवती आएकी हुन्छिन । उनले बालेनतिर हेरेर मुस्कुराउँदै नमस्कार गर्छिन । बालेन उनीतिर फर्किए पनि नमस्कार नफर्काइ अर्कोतिर मुन्टो बटारेर कालो चस्मा लगाएको भिडिओमा देखिन्छ । आफूलाई सम्मानसाथ अभिवादन गर्ने युवतीलाई बालेनले ‘इग्नोर’ गरेर अहम्ता देखाएको भन्दै आलोचना गरिएको हो । तर बालेनले भने मुखले नमस्कार भनेको बताइएको छ । खासमा दीपिका खनाल नामकी ती युवती ‘लाज शरणम्’ का निर्माता नवीन श्रेष्ठको निम्तोमा श्रीमान सन्तोष खनालसहित चलचित्र हेर्न गएकी थिइन् ।
सन्तोष र नविन निकट मित्र हुन् । बालेनलाई देखेपछि दीपिकाले नमस्कार गर्दै तस्बिरका लागि आग्रह समेत गरेकी थिइन । बालेनलेसन्तोष र दीपिकासँग फोटो खिचेको बताइएको छ । बालेनले चलचित्र लाज शरणम हेरेपछि खुलेरै प्रशांसा गरेका छन । सोमबार साँझ दरबारमार्गस्थित क्यूएफएक्स हलमा फिल्म हेरेका उनले फिल्मसहित कलाकार सीताराम कट्टेल (धुर्मुस) को खुलेर तारिफ गरेका हुन । बालेनले भनेका छन ‘यस्तो डिटेल दिनुभाछ नि! कस्तो डिटेल दिया हो? लास्टै दामी। लास्टै मजा आयो।’भनेको भिडियो पनि सार्वजनिक भएको छ ।
बालेनले फिल्म ‘लाज शरणम्’मा समावेश ‘नेपाल हाँसेको’ बोलको ¥याप गीत गाएका पनि छन्। जसले निकै चर्चा बटुलेको थियो। यो फिल्म हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको हो । कुमार कट्टेलले निर्देशन र लेखन रहेको फिल्ममा सीतारामसहित विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।