वसन्त ऋतुको आगमनसँगै यतिबेला तोरी फुलेर पहेँलै भएको छ। किसानहरुलाई यतिखेर तोरी स्याहार्ने चटारो छ। किसानहरु कोही तोरीबारीमा तोरीको काठमाडौँ । स्याहार गर्नमा व्यस्त देखिन्छन् भने कोही बारीमा लगाइएको आलु स्याहारिरहेका छन्।
तोरीको फूल पहेँलपुर भएकाले यतिबेला दृश्य मनोरम देखिएको छ। आँखालाई यसको सौन्दर्यले लोभ्याउँछ, मौरी र भँमराको भुनभुन आवाज आफैंमा संगीतमय लाग्छ । त्यसमा तोरीको सुगन्ध त छँदैछ । तोरीबारीको सौन्दर्यमा एकोहोरिरहँदा मन त्यसै–त्यसै रोमाञ्चित हुने ।
तोरी एक तेलजन्य वनस्पति । तोरीको तेल बहुउपोगी मानिन्छ । खानका लागि होस् वा मालिस गर्नका लागि, परम्परादेखि नै तोरीको तेल उपयोग हुँदै आएको छ । सुत्केरी, नवजात शिशु, बुढापाकाको शारीरमा मालिस गर्न तोरीको तेल नै खोजिन्छ । त्यसैगरी कपाललाई बलियो, मुलायम, चम्किलो बनाउन तोरीको तेल लगाउने गरिन्छ ।