Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कास्कीमा भूकम्प

कास्कीमा भूकम्प

काठमाडौँ । आज कास्कीमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ४ बजेर ११ मिनेट जाँदा मादी गाउँपालिकाको साइमराङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा।लोकविजय अधिकारीले साइमराङ आसपास केन्द्रबिन्दु भएर ४।३ म्याग्निच्युडको भूकम्प गएको जानकारी दिए ।

कास्कीसँगै गोरखा, लमजुङ, पर्वत, स्याङ्जासहितका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।