Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अमेरिका पछि नेपालले पनि निकाल्दियो ५४ अमेरिकीलाई

अमेरिका पछि नेपालले पनि निकाल्दियो ५४ अमेरिकीलाई

काठमाडौँ । नेपाल सरकारले सन् २०२४ मा ५४ जना अमेरिकी नागरिकलाई निष्कासन गरेको छ । भिसाको म्याद सकेर पनि लुकिछिपी नेपालमा बसिरहेका उनीहरूलाई अध्यागमन विभागले निष्कासन गरेको हो । सरकारले २०२४ मा कूल ४९४ विदेशी नागरिकलाई निष्कासन गरेको छ ।

निष्कासित हुनेहरूमा भिसाको म्याद गुज्रिएका हरू बढी छन् । निष्कासित हुनेहरूमा भिसाको म्याद गुज्रिएका (ओभर स्टे)हरू बढी छन्। त्यस्तै ४५ जना अन्य कसूरमा निकालिएको स्रोतको भनाइ छ। तीमध्ये जबरजस्ती करणीदेखि बालयौन दुराचारसम्मको आरोप लागेकाहरू रहेको गृह मन्त्रालयको भनाइ छ। अध्यागमन ऐन २०४९ अनुसार विदेशी नागरिकलाई अवधि तोकि वा नतोकी निष्कासन गर्न सकिने व्यवस्था छ। अध्यागमन कार्यविधि २०६५ अनुसार कसूरको प्रकृति हेरी १० वर्षसम्म पुनः नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्ने व्यवस्थासमेत छ।