Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बुद्ध एयरको गम्भिर लापरवार्ही,६२ यात्रु बोकेर पाङ्ग्रा बिनै उडेपछि मच्चियो हंगामा

बुद्ध एयरको गम्भिर लापरवार्ही,६२ यात्रु बोकेर पाङ्ग्रा बिनै उडेपछि मच्चियो हंगामा

काठमाडौँ । बुद्ध एयरले चरम लापरपार्ही गदैँ यात्रुको जीवन सँग गम्भिर खेलबाड गरेको छ । हिज बुद्ध एयरको विमान एउटा पाङ्ग्रा बिनै काठमाडौंमा अवतरण थियो । जनकपुरबाट उडेको बुद्ध एयरको जहाज बिहीबार ’नोज’तर्फको एउटा पाङ्ग्रामा मात्रै अवतरण गरेको थियो । बिहीबार ६२ जना यात्रु बोकेको बुद्ध एयरको जहाज एउटा पांग्राविनै जनकपुरबाट काठमाडौं आएपछि हलचल भच्चिएको छ । जनकपुरबाट अपराह्न ४ः३८ मा काठमाडौंका लागि उडेको बुद्ध एयरको कल साइन ‘९एनएच’ नम्बरको एटिआर ७२ जहाज काठमाडौंमा सुरक्षित अवतरण गरेको थियो । तर, उक्त जहाजको अगाडिको एउटा पांग्रा भने जनकपुरमै छुटेको तथ्य बाहिरिएको हो ।

बुद्ध एयरको यस्तो लापरवार्हीले यतिबेला सबैको ध्यान तानेको छ । सुरक्षित अबतरण गरेको बुद्ध एयर माथि यतिबेला गम्भिर प्रश्न समेत उठेको छ । संवेदनशीलताको विषयमा पुनः प्रश्न उठेको छ । उडानअघि र उडान एवं अवतरणका क्रममा पाइलटले नोज ह्विल नभएको थाहा नै नपाउनु आश्चर्यको विषय भएको नेपाल उड्डयन प्राधिकरण (क्यान)का सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताएका छन । अवतरणपछि पाइलटले सुरक्षा जाँच गर्ने क्रममा अगाडितर्फ (नोज ल्यान्डिङ गेयर) एउटामात्र पाङ्ग्रा देखिएको थियो। यस विषयमा सोधीखोजी गर्दा अर्को पाङ्ग्रा जनकपुर विमानस्थलमै खसेको खुलेको थियो ।

प्राधिकरणले उक्त जहाजलाई ग्राउन्डेड गरिसकेको छ । पाइलटले जानकारी नगराएपछि नोज ह्विल (अगाडिको पांग्रा) नभएको जहाज अवतरणका क्रममा कुनै इमर्जेन्सी घोषणा गरिएको थिएन, सुरक्षाको तयारीसमेत गरिएको थिएन । सो जहाजले एउटा मात्रै नोज ह्विलका भरमा अवतरण गरेको हो । पाइलटले उडानपछिको जाँच (पोस्ट फ्लाइट चेक)का क्रममा अगाडिको नोज ल्यान्डिङ गियरको एउटा टायर नभेटिएको रिपोर्ट गरेको प्राधिकरणको भनाइ छ । तर, प्राधिकरणकै एक कर्मचारीले भने बुद्ध एयरकै अर्का पाइलटले जनकपुर एयरपोर्टको रनवेको अन्तिमतिर केही देखिएको जानकारी गराएपछि चेक गर्दा टायर भेटिएको बताए । भेटिएको टायरको विषयमा खोजतलास गर्दा बुद्ध एयरकै काठमाडौं उडेको जहाजको रहेको पत्ता लागेको थियो । यता बुद्ध एयरले यस विषयमा सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको छ । तर, उसले टायर छुटेको विषयमा केही उल्लेख गरेको छैन । ‘बुद्ध एयरले जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाज प्राविधिक समूहलाई हस्तान्तरण गरेको जनाएको छ । ‘जनकपुरबाट काठमाडौं उडान नं ५०६ जहाज ९एनएच काठमाडौंमा सुरक्षित अवतरण गरेको छ । उक्त जहाजमा प्राविधिक गडबडी देखिएकाले जहाज टेक्निकल टिमलाई हस्तान्तरण गरिएको छ,’ बुद्ध एयरले भनेको छ । काठमाडौं–भैरहवा–दुबईका लागि काठमाडौंबाट उडान गरेको नेपाल वायुसेवा निगमको न्यारोबडी भैरहवामा बिग्रिएपछि अलपत्र यात्रु अर्को विमानमार्फत दुबई उडेका छन् । निगमको जहाज भने मर्मतपछि काठमाडौं नै फर्किएको छ ।