Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज पश्चिमी वायुको आंशिक प्रभाव,हिमाली तथा पहाडी क्षेत्रका धेरै ठाउँको मौसम आंशिक बदली

आज पश्चिमी वायुको आंशिक प्रभाव,हिमाली तथा पहाडी क्षेत्रका धेरै ठाउँको मौसम आंशिक बदली

काठमाडौँ । आज पश्चिमी वायुको आंशिक प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रका धेरै ठाउँको मौसम आंशिक बदली हुन पुगेको छ । मधेश प्रदेश र अरु प्रदशेका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा आज बादल लागेको छ ।

यस्तै आज राति कर्णाली, गण्डकी र कोशी प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसैबीच केही दिनदेखि देशका धेरै ठाउँमा बढीरहेको अधिकतम तापक्रम मौसम बदलीका कारण आज तुलनात्मक रुपमा घटेको छ । हिजो ३४ डिग्रीसम्म पुगेको भैरहवाको तापक्रम आज अधिकतम २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको छ ।

यस्तै जनकपुर, धरान, धनगढी, नेपालगञ्जलगायतका क्षेत्रमा पनि तापक्रम घटेको छ । हिजो २६ डिग्रीसम्म पुगेको काठमाण्डौ उपत्यकाको तापक्रम पनि आज घटेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान रहेको महाशाखाले जनाएको छ ।