Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

थापाथली क्षेत्रमा मेलम्चीको पाइपलाइन फुट्यो

थापाथली क्षेत्रमा मेलम्चीको पाइपलाइन फुट्यो

काठमाडौँ । काठमाडौँको थापाथली क्षेत्रमा खानेपानीको पाइपलाइन फुटेको छ । मंगलबार बिहान मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेको हो । पाइपलाइन फुट्नुको कारण भने खुलिसकेको छैन ।

थापाथली चोकबाट नर्भिक अस्पताल जाने ठाउँतिरको बाटोमा लाइन फुटेको र त्यससँगै सडक भत्किएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । यस्तै सो क्षेत्रका केही पसलहरुमा पानी समेत पसेको स्थानीयले बताएका छन् ।

तीन साताअघि मात्रै बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुड्दा त्यस क्षेत्र जलमग्न बनेको थियो ।