काठमाडौँ । पूर्व युवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ । आइतबार साँझ हृदयघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको बताइएको छ । पूर्वराजा निकट स्रोतका अनुसार गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताइएको छ । पूर्वराजाका एक सहयोगीका अनुसार ‘हर्ट अट्याक (हदयघात) भएपछि उहाँलाई नर्भिक लगिएको हो । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ । उनलाई हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको र अस्पतालले सबै ठिक छ भनेको बताइएको छ ।
यसअघि २०८० भदौ १५ गते पनि हृदयघात नै भएपछि शाहलाई अस्पताल भर्ना गरिएको थियो। त्यति बेला उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो। पारस शाह विक्रम सम्वत् २०२८ पुष १५ पूर्व राजा ज्ञानेन्द्रका तथा पूर्वरानी कोमल राज्य लक्ष्मीदेवि शाहका जेठा छोरा हुन ।