Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उपत्यका लगायत देशका धेरै ठाउँमा तापक्रम बढ्यो

उपत्यका लगायत देशका धेरै ठाउँमा तापक्रम बढ्यो

काठमाडौँ । उपत्यकालगायत देशका धेरै ठाउँमा तापक्रम बढ्न थालेको छ । हिउँदयाम सकिएसँगै तापक्रम बढ्न थालेको र धेरै ठाउँमा तातो महसूस हुन थालेको मौसमविद् रोजन लामिछानेले जानकारी दिएका छन । हिजो काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम २३ दशमलव ६ डिग्री सेल्सियस रहेकामा आज बढेर २३ देखि २५ डिग्री सेल्सियस पुग्ने अनुमान रहेको छ ।

यस्तै सबैभन्दा धेरै विराटनगर, जनकपुर, नेपालगञ्ज, सिमरा लगायतका ठाउँमा ३० डिग्रीभन्दा धेरै तापक्रम रेकर्ड भएको छ ।

देशभर अधिकतम तापक्रम र न्यूनतम तापक्रम बढ्ने क्रममा रहेको मौसमविद् लामिछानेले बताएका छन ।

यसैबीच आज कोशी र गण्डकी प्रदेशका केही ठाउँको मौसम आंशिक बदलीको अवस्था छ । बाँकी पहाडी र तराई क्षेत्रका धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिममा भने राति हल्का हिमपातको सम्भावना रहेको छ । यसैबीच बिहीवारदेखि अस्ति शनिवारसम्म भएको वर्षाले काठमाण्डौ उपत्यकासहित देशभरको प्रदूषण घटाएको छ ।