Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पशुपतिनाथ मन्दिर परिसर बाट ७५ जना पक्राउ

पशुपतिनाथ मन्दिर परिसर बाट ७५ जना पक्राउ

काठमाडौँ । पशुपतिनाथ मन्दिर परिसरबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । बिशेष गरि पछिल्लो समय महा शिब रात्री भन्दै दर्शनार्थी भन्दा पनि अन्य ब्यक्तिहरु पुगी रहेका छन् । शिबो प्रशाद भन्दै भाङ, धतुरो गाँजा जस्ता बस्तुको प्रयोग गर्ने आशंकामा प्रहरीले रेकी बढाएको छ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए ।

आरोपीहरुलाई प्रहरी वृत्त गौशाला र जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । सिक्री लुट्न खोज्ने र गाँखा खाएर होहल्ला गर्नेहरुलाई नियन्त्रणमा लिइएको एसपी बोहराले बताए । पक्राउ पर्नेहरु सबै पुरुष हुन् । स्क्रिनिङ गरेर गलत काममा संलग्नहरुलाई मुद्दा चलाइने एसपी बोहराले जानकारी दिए । पशुपतिनाथ मन्दिर क्षेत्रमा बोहराको कमाण्डमा ४ हजार २ सय प्रहरी परिचालन गरिएको छ । शुपतिको सुरक्षाका लागि तीन सिफ्टमा गरेर ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । एसपी बोहोराका अनुसार पशुपतिमा अहिलेसम्म लगभग २ लाख ३५ हजार जनाले दर्शन गरिसकेका छन् । महाशिवरात्रिका अवसरमा बुधबार बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । बिहानैदेखि पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीका कारण पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ ।

चहलपहल बढेको छ। आज बिहानैदेखि पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव मन्दिर, तनहुँको शुक्लेश्वर महादेव मन्दिर, जनकपुरधामको बाबा भूतनाथ महादेव मन्दिरलगायतका विभिन्न ठाउँका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा मनाइन्छ ।व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले हरेक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।यसैबीच आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी देश भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।सात वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागूपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । निषेध गरिएका चिजबीज बेचबिखन गर्न नदिइ शान्ति सुरक्षा कायम गर्न आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ ।