काठमाडौँ । देशका कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक, दुई ठाउँमा हल्का वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार झापा, इलाम सङ्खुवासभा, मकवानपुर, भक्तपुरलगायतका ठाउँमा पनि छिटपुट पानी परेको छ ।
आज दिउँसो पनि देशका धेरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेशबाहेक अरु प्रदेशका केही ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै ठाउँ तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । भोलिदेखि मौसममा थप सुधार हुने मौसमविद् विनु महर्जनले जानकारी दिएकी छन ।