Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

राती खाना खाएर सुतेका श्रीमान श्रीमती बिहान उठ्दा मृत, बारिमा भेटियो रगतले लतपत्तिएको घन

राती खाना खाएर सुतेका श्रीमान श्रीमती बिहान उठ्दा मृत, बारिमा भेटियो रगतले लतपत्तिएको घन

काठमाडौँ । राती घरमा खान खाई सुतेका एक दम्पती बिहान घरभित्रै मृत फेला परेका छन । प्युठानको माण्डवी गाउँपालिका– २ रातापानीमा बिहान ति दम्पति अबेरसम्म नउठे पछि छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमति हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए । हत्याको अनुसन्धान गरेको प्रहरीले बारीबाट घन फेला पारेको छ । घरभन्दा करिब ५० मिटर पर बारीमा रगत लतपतिएको घन फेला परेको हो । घटना भएको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद भएको छ ।प्रहरीले दम्पत्तीको शरिरमा गहिरो चोट लागेको बताएको छ । थप अनुसन्धानका लागि प्रहरीले भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएको जानकारी दिएको छ ।

दम्पतीको टाउको र शरीरका विभिन्न भागमा चोटहरूको निशान पाइएको छ, जसबाट घातक हतियार प्रयोग गरेर बीभत्स तरिकामा हत्या गरिएको देखिएको प्रारम्भिक अध्ययनले सङ्केत गरेको प्रहरी निरीक्षक निरञ्जन रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसीसहितको अनुसन्धान टोली शनिवारदेखि नै घटनास्थलमै रहेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो । घटनास्थललाई सिलबन्दी गरी म्यानुअल र प्राविधिक तवरबाट अनुसन्धान अगाडि बढाइएको छ। अनुसन्धान टोलीले शङ्कास्पद व्यक्तिहरूसँग सोधपुछ गर्दै, सबुत प्रमाणहरू जुटाउने र थप प्रमाण सङ्कलन गर्न कुकुरको मद्दत लिइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ। आफ्नै घरमा सुतेका दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी बस्यालका अनुसार मृतक दम्पती घरमा एक्लै बस्दै आएका थिए। उनीहरूका चार छोरा छिमेकी देश भारतमा बस्दै आएको र दुई छोरी विवाह भई दाङतिर बस्दै आएका थिए।

पछिल्लो समय हत्याका श्रृङखला बढ्न थालेका छन् । सामान्य वादविवादमा उत्पन्न आवेगले पनि पछिल्लो समय हत्याको घटना बढ्दै गएको प्रहरी तथ्यांकले देखाएको छ । अहिले असहनशील र उत्तेजक प्रवृत्तिले भएका घटनाका प्रशस्तै उदाहरण छन् । यस्तो असहनशीलता मर्ने र मार्नेसम्म पुगेको छ, समाजिक बनावट , अविश्वास, आर्थिक कारोबारले निम्त्याएको विवाद, आवेग, उत्तेजना र तनावलाई नियन्त्रण गर्न नसक्दा पनि यस्ता घटना बढेका छन् ।