काठमाडौँ । ऊर्जामन्त्री दीपक खड्काविरुद्ध सामाजिक सञ्जालमा टिप्पणी गरेको भन्दै एकजना कर्मचारीलाई जिम्मेवारी बाट हटाउन उर्जा मन्त्रालयले काटेको पत्र बाहिरिएको छ । दूधकोसी आयोजनाका प्रमुखलाई हटाउन मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई निरन्तर दबाब दिइरहेको बताइएको छ । मन्त्रालयले दूधकोसी आयोजनाका प्रमुख विमल गुरुङले सामाजिक सञ्जालमा मन्त्री खड्काको कार्यशैलीको विरोध गरेको थिए । मन्त्रालयले प्राधिकरणलाई पत्र पठाउँदै तत्काल हटाउन दबाब दिएको छ ।
मन्त्रालयले पठाएको पत्रमा भनिएको छ “तहाँ प्राधिकरण अन्तर्गत सञ्चालित दूधकोसी जलविद्युत् आयोजनाको प्रमुख कार्यकारी अधिकृत, श्री विमल गुरुङले मन्त्रालय र यस मन्त्रालयका मा. मन्त्रीज्यूका बारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशन समेत भइसकेकामा निजलाई हालसम्म पनि सो जिम्मेवारीबाट नहटाएको भन्ने बुझिन आएको हुँदा निजलाई तत्काल सो जिम्मेवारीबाट हटाई यस मन्त्रालयलाई सो को जानकारी गराउनुहुन मिति २०८१÷११÷८ को सचिवस्तरको निर्णयानुसार अनुरोध छ ।” भनेर पत्र काटिएको छ ।

पछिल्लो समयमा उर्जा मन्त्री दिपक खड्का निरन्तर बिवादमा परिरहेका छन । उर्जामन्त्री दीपक खड्काको कार्यशैलीका कारण सिंगो सरकार बद्नाम भइरहेको छ । उनी मन्त्री भएकै दिनदेखि एकपछि अर्काे विवादमा उनी प्रत्यक्ष संलग्न छन् । यो सरकारमा विवादित मन्त्रीको हिट लिस्टमा उर्जामन्त्रीको नाम शीर्ष स्थानमा छ । उनकै कार्यशैलीका कारण अन्य मन्त्रीले गरेका कामहरु पनि ओझेलमा परेका छन् । जनतामा सरकारका प्रति नकारात्मकता बढ्दै गएको छ । सरकारका बारेमा राम्राभन्दा नराम्रा कुरा बढि प्रचार भइरहेका छन्, यसको मुख्य जड भनेकै उर्जामन्त्री हुन् ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन मरिहत्ते गर्नुका पछाडि मन्त्रीको के स्वार्थ छ, त्यो बुझिनसक्नुछ । कुलमान हटाउन मन्त्री भएदेखि नै उर्जामन्त्री खड्का तानाबुना बनाइरहेका छन् । आफ्नै मन्त्रालयका राज्यमन्त्री कुलमानका पक्षमा उभिरहेका बेला उर्जामन्त्रीको एक सुत्रीय काम भनेकै कुलमान हटाउनुछ ।
विवादै विवादको पृष्ठभूमी र मन्त्री बनेपछि झनै विवादित बनेका उर्जामन्त्री खड्काकै कारण सरकारप्रति नागरिकमा दिनानुदिन आक्रोश बढेको मात्रै छैन, सरकारको कार्यशैलीमाथि नै गम्भीर प्रश्न उठिरहेका छन् । एक जना मन्त्रीको स्वार्थगत गतिविधि र मर्यादाहीन कार्यशैलीले सरकारमाथि नै प्रश्न उठिरहेको भन्दै सत्तारुढ दलहरुभित्रै विरोध सुरु भएको छ । व्यापारको पक्षपोषणमा लाग्दा ओली देखि दिपक खड्का निरन्तर बदनाम बन्दै गइरहेका छन ।