Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सोलेस नेपाल संस्थाद्वारा मुसहर समुदायलाई न्यानो कपडा वितरण तथा अन्य सहयोग प्रदान

सोलेस नेपाल संस्थाद्वारा मुसहर समुदायलाई न्यानो कपडा वितरण तथा अन्य सहयोग प्रदान

बर्दिबास । गैर–नाफामुखी संस्था सोलेस नेपाल ले बर्दिबास नगरपालिका,वडा नं १४ मा रहेको मुसहर समुदायका ६० घरपरिवार र १२० बालबालिकाहरू लाई न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

३ दिनसम्म सञ्चालन भएको यो अभियानमा मुसहर समुदायका ६० घरपरिवार र १२० बालबालिकाहरू लाई ज्याकेट, स्वेटर, टोपी, पञ्जा, र ब्ल्याङ्केट वितरण गरिएको हो । नेपालको सबैभन्दा विपन्न समुदायमध्ये पर्ने मुसहर समुदाय आर्थिक, सामाजिक र मौसमजन्य कठिनाइहरूसँग जुध्न बाध्य छन् । यहीँ कठिन अवस्थालाई मध्यनजर गर्दै सोलास नेपाल ले न्यानो कपडा वितरण, स्वास्थ्य सचेतना कार्यक्रम, र बालबालिकाहरूलाई संलग्न गराउने गतिविधिहरू मार्फत प्रत्यक्ष सहयोग गर्ने निर्णय गरेको थियो । उक्त कार्यक्रममा बालबालिकाहरूको रमाइलोका लागि कथावाचन, खेल गतिविधि, र उपहार वितरण मार्फत उनीहरूलाई मनोरञ्जन समेत प्रदान गरिएको थियो ।

उक्त समुदायलाई सचेतना अभिवृद्धिका लागि व्यक्तिगत सरसफाइ र सुरक्षित तापक्रम व्यवस्थापन सम्बन्धी जानकारी समेत दिइएको बताइएको छ । समुदायको सहयोग र उद्घारका लागि कूल ६७,००० संकलन गरिएको थियो । जसमा ३०,००० कासा सलोनका संस्थापक रोशन चौलागाईं द्वारा प्रदान गरिएको थियो । त्यस्तै २५,००० बिष्णु सिंह द्वारा, आफ्ना दिवंगत श्रीमान जगदीश सिंह को पुण्य स्मृतिमा प्रदान गरिएको थियो भने १०,००० विवेक पौडेल द्वारा व्यक्तिगत सहयोग भएको थियो । २,००० किरण थापा द्वारा व्यक्तिगत सहयोग समेत भएको थियो ।

संकलन भएको उक्त आर्थिक सहयोग बाट न्यानो कपडा वितरण, बालबालिकाहरूका लागि मनोरञ्जनात्मक गतिविधिहरू, र स्वास्थ्य सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको हो ।

सोलास नेपाल ले आगामी दिनहरूमा अन्य विपन्न समुदायहरूलाई पनि यस्तै सहयोग गर्ने योजना बनाइरहेको छ ।